Monday, September 28, 2026
Home राजनीति कांग्रेस नेता महतलाई बोतल हान्ने पक्राउ

कांग्रेस नेता महतलाई बोतल हान्ने पक्राउ

288

चैत २,
नुवाकोट । पूर्व अर्थमन्त्री डा रामशरण महतमाथि बोतल प्रहार गरी दुव्र्यबहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा बिहीबार पक्की पुलको शिलान्यास कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य महतलाई पानीको बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरि खड्कालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । शिलान्यास समारोह चलिरहेको समयमा अकस्मात महतलाई पानीले भरिएको बोतल प्रहार गरेर गालीगलौज गर्न थालेपछि ३१ वर्षका खड्कालाई लगत्तै नियन्त्रणमा लिइएको प्रहरी प्रमुख कुँवरले जानकारी दिनुभयो । साँझ ६ बजेतिर भएको घटनामा संलग्न रहेका खड्कालाई प्रहरीले पक्राउ गरी राति नै जिल्ला प्रहरी कार्यालय विदुरमा ल्याएको छ । उनलाई जिल्ला प्रशासन कार्यालयमार्फत म्याद थप गरी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।