Thursday, May 14, 2026
Home Blog Page 2099
चैत ६, पोखरा । युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताए । नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताए । खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले राम्रो गति प्राप्त गर्न नसक्ने उन्को भनाइ छ । पर्याप्त...
चैत ६, रौतहट। प्रहरीले एक चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ । श्रीमान्को कुुटाइबाट मृत्युु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रातिदेखि फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख...
चैत ६, झापा । कसका बुबा आमाले सोचेको हुन्छ, छोराको विवाह गर्दा ३५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ भनेर तर, झापामा भइदियो यस्तै। दश महिनाअघि टीकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै ३५ लाख रुपैयाँ...
चैत ६, हेटौँडा । प्रदेश ३ सरकारले चालु आर्थिक वर्षको बजेटमा तत्कालीन आवश्यकतालाई समेट्ने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव वसन्त अधिकारीले तत्कालीन आवश्यकतालाई समेटेर बजेट ल्याउने तयारी थालिएको बताए। विज्ञहरूसँगको दुई दिने छलफलबारे जानकारी दिँदै सचिव अधिकारीले आगामी आर्थिक वर्षका लागि मापदण्ड र आधार तयार गर्ने गरी चालु आर्थिक वर्षका लागि बजेट ल्याउने तयारीमा...
– रमेशकुमार वली चैत ६, सल्यान । गर्मीयाम शुरु हुनै लाग्दा सल्यानका उच्च क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेपछि यहाँका वनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलामा रहेका चौर, माँझखर्क, वस्नेवटालगायतका बस्तीमा पानीको अभाव भएकाले एकगाग्री पानी लिन दुई घण्टासम्म हिँडेर मुहानसम्म पुग्नुपर्ने, त्यहाँ पालो कुरेर बस्नुपर्ने र फेरी फर्केर उकालो चड्नुपर्ने वाध्यता छ...
चैत ६, म्याग्दी । जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन् । सन्तानका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् । नौ महिनासम्म अनेक दुःखकष्ट थिचोल्दै आफ्नो सन्तानलाई उनले जन्म मात्र दिन्नन आफ्नैमिर्गौला समेत दिन पछि पर्दिनन् । यस्तै एउटा उदारहण बन्नुभएको छ धौलागिरि गाउँपालिका–५मल्कवाङ भेडिखाल्टाकी भुलमती बुढाथोकी । तीन छोरा र एक छोरीकी आमा उहाँले माइला छोरा धनबहादुरको दुवै मिर्गौलाले काम...
अन्नपूर्ण पोष्ट -चैत ६, काठमाडौं । तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ । उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा बिजनेस भिसामा आएका उत्तर कोरियाली चिकित्सकले स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेका हुन् ।बिजनेस भिसामा काम गर्नु गैरकानुनी हो । अध्यागमन नियमावली २०५१ को...
चैत ६, म्याग्दी । म्याग्दीको बेनी–दरवाङ सडक स्तरोन्नतिका लागि बेनीदेखि चुत्रेनी खण्डमा वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ । दिउँसोको समयमा सवारी सञ्चालनसँगै सडक फराकिलो बनाउने काम गर्दा जोखिम र काम प्रभावित बनेपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सडक डिभिजन कार्यालय, यातायात व्यवसायी र निर्माण कम्पनीका प्रतिनिधि तथा सरोकारवालाको सोमबार बसेको बैठकले मंगलबारदेखि नै बेनीदेखि चुत्रेनी खण्डको सडक दिउँसो...
चैत ६, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ को इक्राही बस्तीमा आगलागी भएपछि अहिले पिउने पानीको अभाव र चर्पीको समस्या हुनाका साथै आगलागीमा परी मरेका चौपाया व्यवस्थापन नहुँदा संक्रमण फैलने खतरा बढेको छ । आगो लागेर इक्राही बस्तीको ४९ परिवारको सम्पूर्ण घर गोठ गुवाली तथा चर्पीसमेत जलेको र पानी प्रयोगका लागि गाडिएको चापाकलसमेतले काम गर्न नसक्ने भएपछि अग्नि पीडित परिवारले स्वच्छ...
कान्तिपुर दैनिक-चैत ६, काठमाडौं । केन्द्र र प्रदेश सरकारले गर्ने काम तथा सरकारी निकायहरू कुन कता रहने भन्ने टुंगो लगाउन ढिलाइ हुँदा ‘प्रदेश सरकार’ सञ्चालनमा समस्या परेको छ । सबै प्रदेशमा केन्द्र मातहतका संरचना रहेकाले त्यसलाई प्रदेश सरकारले आफूअनुकूल सञ्चालन गर्ने कानुनी आधार छैन । सबै कर्मचारीहरू पनि केन्द्रबाट प्रदेशमा पुगिसकेका छैनन् । काममा व्यापक अन्योल भएपछि प्रधानमन्त्री तथा...