पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने ः मन्त्री विश्वकर्मा

231

चैत ६,
पोखरा । युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताए । नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताए । खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले राम्रो गति प्राप्त गर्न नसक्ने उन्को भनाइ छ । पर्याप्त वातावरण नहुँदा पनि नेपाली क्रिकेट खेलाडीले महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै उहाँले यसको विकासका लागि व्यवस्थित क्रिकेट मैदान बनाइने उल्लेख गरे । सन् २०१९ मा हुने दक्षिण एशियाली खेलकूद ९साग०लाई सम्पन्न गर्ने विषय राज्यको गरिमासँग जोडिएको बताउँदै उहाँले त्यसका लागि आवश्यक भौतिक संरचना निर्माणलाई अघि बढाइएको बताए ।