Thursday, May 14, 2026
Home Blog Page 2089
चैत १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी सरकारले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई आफ्नो सरकारको नीतिबारे सामुहिक ब्रिफिङ गर्न लागेका छन् । प्रधानमन्त्री ओलीले भावी योजना तथा वैदेशिक नीतिका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयको संयोजनमा प्रधानमन्त्रीले कुटनीतिक नियोगसँग सामुहिक छलफलको प्रबन्ध परराष्ट्र मन्त्रालयले मिलाएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए...
चैत १३, चितवन । चितवनको रत्ननगर स्थित सौराहा आसपासको संरक्षित क्षेत्रमा स्वदेशी विदेशी पर्यटकको सहभागितामा स्थानीय संरक्षणकर्मीहरुले मंगलबार फोहर संकलन गरेका छन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने संरक्षित ईलाका ढुंग्रेखोला आसपासमा विभिन्न देशबाट आएका पर्यटकको सहभागितामा फोहर संकलन गरिएको हो। नेपालका विभिन्न जिल्ला तथा जर्मनी, इग्ल्याण्ड, फ्रान्स र अमेरिकाका नागरिकहरुको फोहोर संकलनमा सहभागि थिए।...
चैत १३, चितवन । मान्छे खाने बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहित पशु चिकित्सक र वन प्राविधिज्ञको टोली परिचालन गरेको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ रमौली प्रतापपुरस्थित पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा सोमबार बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो । शव उठाउने क्रममा पुनः बाघले आक्रमण गर्दा अन्य दुईजना घाइते भएका थिए । बाघले यसरी मान्छेलाई आक्रमण गरेपछि...
चैत १३, लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ । नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलोपटक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको हो । राजधानी लिस्बनस्थित मार्तिम मुनिज पार्कमा संघले यहीे १५ अप्रिलमा नेपाली महोत्सव गर्न लागेको हो । प्रवासमा नेपाली कला र लोक संस्कृतिको संरक्षण, संवद्र्धन, प्रवद्र्धन एवं नेपाली पर्यटनको...
चैत १३, खोटाङ । बाँसको भाटाले हानेर खोटाङमा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै आएका हलेसी तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले ५० वर्षीया श्रीमती आइसरी राईको हत्या गरेका हुन् । घरायसी विवादमा सोमबार साँझ श्रीमान्÷श्रीमतीबीच झगडा हुँदा श्रीमान्ले हानेको बाँसको भाटाले लागेर श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
चैत १३, काठमाडौँ । गर्मी बढेसँगै चिसो पिउने मानिसको संख्या पनि क्रमशः बढ्दै गएको छ । गर्मी बढेसँगै दहीमा पानी र चिनी मिसाएर लस्सी मही बनाउने पसलमा उपभोक्ताको भीड बढ्न थालेको छ । प्रतिगिलासको रु ४० देखि रु ८० पर्ने यस्तो लस्सी पसल काठमाडौँका चोकचोकमा देख्न पाइन्छ । काठमाडौँमा खसी बजारमा लस्सी बिक्री गर्दै आएका सुमन मेहताले भने– जाडो याममा...
चैत १३, कपिलवस्तु । शिवराज नगरपालिका–३, मदवाको उत्तरपट्टिको बीच जंगलमा सोमबार एक जना पुरुषको बेवारिसे शव फेला परेको छ। करीव ५५ वर्षको जस्तो देखिने पुरुषको शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको छेउमा तीनवटा सोंफीको बोत्तल र सेल्फासको बट्टा भेटिएकाले रक्सीसँगै बिष सेवन गरेको हुनसक्ने प्रहरी निरीक्षक झवीन्द्रप्रसाद भट्टराईले बताए। शवको प्रकृति हेर्दा एकदिन अघि मृत्यु भएको...
चैत १३, नेपालगञ्ज । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा। बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी ‘दूध’ भएकोले ‘पानी’ बराबरका पुराना पार्टीहरुसँग मिसिन नजाने बताएका छन्। सोमबार नेपालगञ्जमा नयाँ शक्ति पार्टी प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षणात्मक लुम्बिनी बैठकको भाव सम्प्रेषण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। अहिले नयाँ शक्ति पार्टी पुराना शक्तिहरुसँग...
चैत १३, पर्वत । पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा आगलागी भएको छ। भुकताङ्लेको मोहोरियामा रहेको उनको दुई तले घरमा सोमबार साँझ साढे सात बजे आगो लागेको हो। राति पौने १० बजेसम्म पनि आगो नियन्त्रणमा आएको तथा घरमा भएको कुनैपनि सामान निकाल्न नपाएको वडा अध्यक्ष गौप्रसाद गुरुङले बताए। पौडेलको घरमा उनकी आमा विष्णुमती पौडेलले किराना...
चैत १३, हेटौँडा । प्रदेश तीनको प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। मंगलबारदेखि विषयगत समिति गठन प्रक्रिया शुरु हुने भएको छ। सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समिति गठनको प्रक्रिया शुरु गर्ने कार्यसूची तय गरेको थियो। बैठकले प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र...