Sunday, September 27, 2026
Home समाचार फोहोर टिप्दै विदेशी पर्यटक

फोहोर टिप्दै विदेशी पर्यटक

229

चैत १३,
चितवन । चितवनको रत्ननगर स्थित सौराहा आसपासको संरक्षित क्षेत्रमा स्वदेशी विदेशी पर्यटकको सहभागितामा स्थानीय संरक्षणकर्मीहरुले मंगलबार फोहर संकलन गरेका छन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने संरक्षित ईलाका ढुंग्रेखोला आसपासमा विभिन्न देशबाट आएका पर्यटकको सहभागितामा फोहर संकलन गरिएको हो। नेपालका विभिन्न जिल्ला तथा जर्मनी, इग्ल्याण्ड, फ्रान्स र अमेरिकाका नागरिकहरुको फोहोर संकलनमा सहभागि थिए।