वडासदस्यको घर जल्यो

192

चैत १३,
पर्वत । पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा आगलागी भएको छ। भुकताङ्लेको मोहोरियामा रहेको उनको दुई तले घरमा सोमबार साँझ साढे सात बजे आगो लागेको हो। राति पौने १० बजेसम्म पनि आगो नियन्त्रणमा आएको तथा घरमा भएको कुनैपनि सामान निकाल्न नपाएको वडा अध्यक्ष गौप्रसाद गुरुङले बताए। पौडेलको घरमा उनकी आमा विष्णुमती पौडेलले किराना पसल समेत चलाउँदै आएकी थिइन्। आगलागीमा परी उक्त पसल पनि नष्ट भएको छ। आगलागीमा १५ लाख बढी क्षति भएको अनुमान गरिएको वडा अध्यक्ष गुरुङले बताए।