Home Blog Page 2072
चैत २५, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा शुरु गरिएको स्वीप अप्रेसनअन्तर्गत रु ५२ हजार १५ सहित आठ जना जुवाडेलाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाका वडा नं १७ ड्यामसाइडस्थित भोगेन्द्र तामाङले सञ्चालन गरेको फ्लोरिडा गेष्ट हाउसबाट चार बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउपर्नेमा गेष्टहाउस सञ्चालक भोगेन्द्र तामाङसहित ड्यामसाइड बस्ने ४३ वर्षीय नरेश...
चैत २५, राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका– ९ मा गएराति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय अजय साहको २५ वर्षीया श्रीमती अमेरिकादेवी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा लुगामा आइरन लगाउने क्रममा अमेरिकालाई करेन्ट लागेको थियो । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
चैत २५, नुवाकोट । मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध पु¥याएका छन् । पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै गाडी सञ्चालन बन्द गराएपछि उपत्यकाको फोहर विसर्जन गरिँदै आएको ओखरपौवासम्म गाडी आउन बन्द भएको छ । गएराति बा५ख २५२३ नं को मिनीट्रकले ककनी गाउँपालिका–१ महालक्ष्मी भन्ने स्थानमा स्थानीय ३० वर्षीया सीता...
चैत २५, भक्तपुर । छोटो समयमा नै शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मदरल्याण्ड अंग्रेजी स्कूलले आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ९ मा रहको विद्यालयले सो अवसरमा “सम्मान एवं पुरस्कार वितरण कार्यक्रम-२०७४ समाज र राष्ट्रका लागि योगदान पुराउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको हो । विश्व प्रख्यात अध्यात्मिक चिन्तक डा. चिन्तामणी योगीको प्रमुख आतिथ्यतामा...
चैत २४, काठमाडौं । केही दिनअघि काठमाडौंकी सरिता मानन्धर थर परिवर्तन स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको मोडल अस्पताल पुगेकी थिइन् । उनको पेटमा आठ महिनाको बच्चा थियो । मोेडल अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउँदा उनको शीररमा पानीको मात्रा ७।५ सिएम मात्रै देखियो । गर्भवती महिलामा पानीको मात्रा यति देखिनु भनेको गम्भीर समस्या हो । चिकित्सकले उनलाई बच्चामा समेत समस्या देखिने भन्दै तत्काल...
चैत २४, काठमाडौं । फिल्म तिमीसँगुको नयाँ गीत सार्वजनिक भएको छ। फिल्म रिलिजको दिन अर्थात् शुक्ररबार निर्माण युनिटले फिल्ममा समावेश ‘दिलमा आगो सल्कियो’ बोलको गीत सार्वजनिक गरेको हो। क्यार्थम कँडेल र दीपक पाठकको संगीत रहेको यस गीतमा संगीतकार पाठककै स्वर सुन्न सकिन्छ। कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र नाजिर हुसेन फिचरिङ छन्। भिडियोमा...
चैत २४, लहान । दलितभित्रका पनि अत्यन्त कमजोर र पुछारमा रहेका अल्पसंख्यक डोमहरुले स्थानीय तहबाट नै राजनीतिक प्रतिनिधित्व सुनिश्चिततासहितको माग गरेका छन्। सिरहाको लहानमा शनिबार बिहान सम्पन्न राष्ट्रिय डोम उत्थान समाज, प्रदेश–२ स्तरीय डोम भेलाले सामजिक, सांस्कृतिक, राजनीतिक रुपले सबैभन्दा पुछारमा रहेका डोमहरुलाई मूलधारमा ल्याउन राजनीतिक प्रतिनिधित्वसहित ११ बुँदे माग गरेको हो। छुवाछुतदेखि बंगुरपालनसम्म भेलाले कानुनी रुपमा दण्डनीय...
चैत २४, नयाँ दिल्ली । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पत्रकार सम्मेलन गर्दै । छिमेकी देश भारतको तीनदिने राजकीय भ्रमणको दोस्रो दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच औपचारिक भेट भएको छ। दुई देशका सरकारी वार्ता टोलीबीच हैदरावाद हाउसमा छलफल भएको हो। छलफलपछि हैदरावाद हाउसमा पत्रकार सम्मेलन आयोजना गरिएको छ। जसमा...
चैत २४, काठमाडौँ । पछिल्लो पटक कम उमेरमा हुने विवाह झन् झन् बढ्दै गएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार चार महिनामा १४ जिल्लामा ४० बालविवाह भएका घटना प्रकाशमा आएका छन् । गत मंसिरदेखि फागुनसम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई अध्ययन गर्दा सबैभन्दा बढी बैतडीमा १२ घटना प्रकाशमा आएका छन् । आव २०७४/०७५ को प्रथम चार महिना ९साउनदेखि कात्तिक० मा ३२...
-जानू काम्बाङ् पुषको महिना एकदम चिसो बढेको थियो । मुटू चिर्याउने सिरेटो भित्र बाकूलो तुवालोको घुम्टो ओढी लजालू बेहुलीले अनुहार लुकाएझै काठमाण्डू लुक्दै थियो । हामी थरथर काँप्दै उठेर तयार भई बाटोमा निस्कियौं । छेउछाउमा कुकुर भूकेको आवाज मनग्गै सुनिन्थ्यो । सोनाकोठी डाँडा सुनसान भएपनि, पिपल बोट गेट ओरिपरि फाट फूट बत्ति बल्न थालेको थियो, सडक रित्तो रित्तो लाग्थ्यो, सडक...