प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको भेटघाट

382

चैत २४,
नयाँ दिल्ली । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पत्रकार सम्मेलन गर्दै । छिमेकी देश भारतको तीनदिने राजकीय भ्रमणको दोस्रो दिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच औपचारिक भेट भएको छ। दुई देशका सरकारी वार्ता टोलीबीच हैदरावाद हाउसमा छलफल भएको हो। छलफलपछि हैदरावाद हाउसमा पत्रकार सम्मेलन आयोजना गरिएको छ। जसमा दुवै प्रधानमन्त्रीले आफ्ना धारणा राख्दैछन्। दुई देशबीचको सरकारी तहमा भएका छलफलबारे र आपसी सहमतिबारेका बुँदा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। सम्मेलनकै क्रममा नेपालमा भारतीय लगानीका केही आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।