झन् झन् बढ्दै छ बालविवाह

860

चैत २४,
काठमाडौँ । पछिल्लो पटक कम उमेरमा हुने विवाह झन् झन् बढ्दै गएको छ । केन्द्रीय बालकल्याण समितिका अनुसार चार महिनामा १४ जिल्लामा ४० बालविवाह भएका घटना प्रकाशमा आएका छन् । गत मंसिरदेखि फागुनसम्म विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई अध्ययन गर्दा सबैभन्दा बढी बैतडीमा १२ घटना प्रकाशमा आएका छन् । आव २०७४/०७५ को प्रथम चार महिना ९साउनदेखि कात्तिक० मा ३२ बालविवाह भएका थिए । त्यसैगरी आव २०७/०७४ मा ६६ बालविवाह भएका घटना प्रकाशनमा आएका थिए । यसबाट बालविवाहको घटनामा झन् झन् वृद्धि हुँदै गएको देखिन्छ ।

प्रकाशमा नआएका बालविवाहका घटना अझ बढी हुनसक्ने अनुमान गर्न सकिन्छ । समितिका कार्यकारी निर्देशक तारक धितालले बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवैले उमेर नपुग्दै विवाह गरेको घटना सबैभन्दा बढी हुने गरेको जानकारी दिनुभयो । सोअन्तर्गत ५० प्रतिशत विवाह ९२० घटना० बालबालिकाबीच भएको देखिन्छ । त्यसैगरी बालिका र वयष्क पुरुषबीच ४५ प्रतिशत ९१८ घटना० विवाह भएको छ भने ५ प्रतिशत ९२ घटना० अनमेल ९वृद्धसँग० विवाह भएको छ । बालविवाहका ३२ घटनामध्ये अभिभावकद्वारा ३५ प्रतिशत ९१४ घटना० र भागी विवाह ६५ प्रतिशत ९२६ घटना० भएको छ । भागी विवाहका घटनालाई हेर्दा सामाजिक सञ्जाल र फेसबुकमार्फत उमेर नपुग्दै विवाह हुने गरेका घटना प्रकाशमा आउने गरेका छन् । पछिल्लो चार महिनामा प्रकाशमा आएका ४० बालविवाहका घटनामध्ये बैतडीमा १२, बझाङमा सात, अछाम, जाजरकोट, मकवानपुर र कालीकोटमा तीन तीन, स्याङ्जामा दुई, रुपन्देही, झापा, रोल्पा, सिन्धुली , डोटी , सोलुखुम्बुृ र दोलखामा एक एक बालविवाहका घटना भएका छन् ।

नेपाल प्रहरी, महिला तथा बालबालिका सेवा निर्देशनालयका अनुसार आव २०७३/०७४ मा बालविवाह घटनासम्बन्धी २६ उजुरी परेका थिए । उक्त अवधिमा सञ्चारमाध्यममा भने ६६ घटना प्रकाशमा आएका थिए । यसबाट कानूनी कारवाहीमा निकै कम मात्रै बालविवाहका घटना पर्ने गरेको देखिन्छ । बालविवाहबारे उजुरी नै नहुने समस्या बालविवाह न्यूनीकरणका लागि मुख्य चुनौतीका रुपमा रहेको छ । केही नेपाल कानून संशोेधन तथा खारेज गर्ने ऐन, २०७२ द्वारा साविक मुलुकी ऐनको व्यवस्थालाई संशोधन गरी विवाहको न्यूनतम उमेर २० वर्ष तोकिएको छ । बालविवाह उच्च रहेका मुलुकमध्ये नेपाल अग्रपंक्तिमा रहेको पाइन्छ । दलित महिला केन्द्रका अध्यक्ष गौरा नेपाली समुदायमा प्रचलित कुप्रथा, सचेतनाको कमी र अशिक्षाका कारण बालविवाह बढ्दै गएको जिकिर गर्नुहुन्छ । नेपालमा प्रत्येक वर्ष १० वर्षमुनिका सरदर एक लाख ३८ हजार बालबालिकाको विवाह हुने गरेको तथ्यांक छ । राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा कूल बालविवाह संख्यामा पनि प्रतिवर्ष सरदर एक लाख १५ हजार बालिकाको विवाह हुने गरेको छ । यसैगरी प्रत्येक वर्ष कुल जनसंख्याको ४३ लाखभन्दा बढी १५ देखि १९ वर्षमुनिका किशोरीको विवाह हुने गरेको छ । सिविन नेपालका प्रवक्ता कुमार भट्टराईले बालविवाह दिनप्रति दिन बढ्दै गएको र त्यसलाई जनचेतनामार्फत न्यूनीकरण गर्नुपर्ने धारणा राख्नुभयो ।

दिगो विकासका लक्ष्यको कार्यसूची ९सन् २०१६–३०० मा बालविवाह अन्त्य गर्ने विषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ । सन् २०३० सम्म बालविवाह अन्त्य गर्न तय गरिएको राष्ट्रिय रणनीति, २०७२को कार्यान्वयनका लागि विभिन्न मन्त्रालय र सरोकार भएका संघसंस्थाको महत्वपूर्ण भूमिका हुन्छ । केन्द्रीय तथ्यांक विभागको पपुलेशन मोनोग्राफ सन् २०१४, भाग २ सामाजिक जनसांख्यिकी अनुसार १० देखि १८ वर्ष उमेरका बालबालिकामध्ये २६.३ प्रतिशतको विवाह भएको देखिन्छ ।