Lalitpur, April 11 (RSS): 'Youth Today' campaign has kicked off to address the problems of youth sector and engage them in creative scope of work. An organization namely Dayitwo on Tuesday officially started the campaign. On the occasion, Minister for Labour, Employment and Social Security Gokarna Bista said such campaign could be a guide for the government as well....
चैत २८,
काठमाडौं । पुष्प व्यवसायको विकास र विस्तारका लागि यही चैत ३० देखि आगामी वैशाख ३ सम्म यहाँ पुष्प प्रदर्शनी २०१८ हुने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले मंगलबार यहाँ गरेको पत्रकार सम्मेलनमा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा मेला हुन लागेको जनाएको छ । मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका...
चैत २८,
काठमाडौं । झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर उच्च रहेको देखाएको छ । गत वर्ष रुपन्देहीमा सबैभन्दा बढी ६७७ जनामा डेंगुको संक्रमण भेटिएको थियो । उच्च जोखिममा देखिएकामध्ये झापा दोस्रो स्थानमा पर्छ । गत वर्ष झापामा ५३५ जनामा...
चैत २७,
धनगढी । महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् । प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सिवाईसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । सिवाईसी अत्तरियाले टस जित्दै फिल्डिङ रोजेपछि महेन्द्रनगर युनाइटेडले ब्याटिङ गर्दै निर्धारित...
नयाँ नेपाल न्युज
चैत २७,
भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु भएको छ ।
यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु भएको हो । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पु¥याएर सम्पन्न हुनेछ । त्यसैगरी जात्राको आवश्यक सबै तयारी पूरा गरेको भएकाले आज दिउँसोबाट जात्रा सञ्चालन गरिएको छ...
चैत २७,
कालिकोट । कर्णाली रारा रारा आसपासका गाउँहरुमा मदिरा निषेध गरिएको छ। शान्ति सुरक्षालाई ध्यानमा राखेर मदिरा निषेध गरिएको हो। मदिरा सेवनले गाउँमा आएका पर्यटकलाई नकारात्मक असर पर्ने भन्दै मदिरा निषेध गरिएको हो। पर्यटकको सुरक्षा र सम्मानका लागि रारा आसपासका गाउँमा मदिरा नियन्त्रण गर्न युवा समिति र महिला समितिलाई सक्रिय बनाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।
चैत २७,
सुनसरी । सुनसरीस्थित इस्टर्न सुगर मिलका प्रबन्धक बृजमोहन गुप्तालाई पक्राउ गरेको छ। उखु किसानलाई रकम भुक्तानी नगरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो। भारतीय सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकास्थित अमाहीबेल्हामा रहेको मिलले किसानसँग उखु खरिद गरेबापत भुक्तानी गर्नुपर्ने करिब ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। किसानलाई पटक–पटक भुक्तानी गर्ने आश्वाशन दिएपनि रकम नदिएपछि पक्राउ गरिएको जिल्ला...
चैत २७,
चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका ३ झुरझुरेमा मंगलबार सवारी दुर्घटना हुँदा १२ यात्रु घाईते भएका छन्। दुर्घटनामा २ जनाको अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रहरी नायव उपरिक्षक शिव शर्मा आचार्यका अनुसार विहान ११ बजे चितवनबाट हेटौंडातर्फ जाँदै गरेको लु १ ख ८९४६ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना ५३...
चैत २७,
पाल्पा । रम्भा गाउँपालिका–१, हँुगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन् कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जना मध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा हँुगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिनुभयो ।...
चैत २७,
म्याग्दी । रघुगंगा गाउँपालिका–७ चिमखोलामा भूमेपूजाका अवसरमा परम्परागत टोपा नाच प्रदर्शन गरिएको छ ।
भूमे र मण्डली पूजाका अवसरमा यहाँ परम्परागत रुपमा टोपा नाच देखाउने चलन छ । हरेक वर्ष चैत महिनाको अन्तिम उजेली मंगलबार गरिने भूमे र मण्डली पूजामा टोलबाट महिलाले टोपा नाच निकाल्ने गर्छन् । गाउँको शिरमा रहेको मण्डली बज्यैका थानमा मनोकामना पूरा हुने जनविश्वासले जिल्लाका...










