बैशाख १०,
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारबाट जुवातास खेल्दै गरेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। बालकुमारी वन नजिकै तीनतले घरमा डेरा गरी बस्ने ३४ वर्षीय कुमार कार्कीले दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापामारी कार्कीसहित जुवातास खेल्दै गरेका सातजनालाई पक्राउ गरेको हो। जुवातास खेल्दै गर्दा १३ थान तास, ७२ हजार ३०० नगद, ४०० भारु, तीन अमेरिकी...
बैशाख १०,
सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न अपराधमा संलग्न अभियुक्तहरूलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। जिल्लामा भएका शृङ्खलाबद्ध चोरी, सार्वजनिक अपराध तथा जबर्जस्ती करणी जस्ता जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको हो। प्रहरीले केही समययता सफल भएका अपरेशनहरूको बारेमा पत्रकारहरूलाई जानकारी गराएको हो। चार वर्षदेखि आफ्नै छोरीलाई करणी गर्ने पक्राउ आफ्नै...
बैशाख १०,
झापा । विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले बनाएको घर आउँदा एक पुरुष घरबाट निकालिएका छन् । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए, कारण थियो– उनलाई थाहै नदिइ श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो बिर्तामोड नगरपालिका वडा नं। ५ को । चर्को घाम–गर्मी, भोकतिर्खा सबै सहेर परिवारसंग बाध्यतावस सात समुन्द्रपारि ती पुरुषले बिताएको १९ वर्ष बेकार मात्र भएन...
बैशाख १०,
काठमाडौं । कुमारी बैंकले बैंशाख २८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले चुक्ता पुँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले १ करोड १९ लाख कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँका दरले निष्काशन गर्न लागेको हो । यसका लागि जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस हकप्रदका लागि बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटल...
बैशाख १०,
काठमाडौं । बहालवाला र पूर्व विशिष्ट पदाधिकारीहरूको सुरक्षामा नियम विपरित खटिएका सशस्त्र र नेपाल प्रहरी फिर्ता गर्न दिइएको एक हप्ताको समय सीमा नाघिसक्दा पनि त्यो पालना नभएको गृह मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। यद्यपि झन्डै एक हजारको संख्यामा रहेको भनिएका त्यस्ता प्रहरी फिर्ता हुने क्रम भने जारी रहेको प्रहरी अधिकारीहरूको भनाइ छ।बिबिसी लेख्छः नियम विपरीत सवारी चालकको रुपमा, भान्सा...
वैशाख १०,
काठमाडौं । पत्रकारहरु अक्सर छिटो सूचना दिने क्रममा कुनै कार्यक्रम वा घटनाहरुको प्रत्यक्ष प्रसारण गर्छन् । आजभोलि फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गर्ने चलन छ । यसैक्रममा निकारागुआमा एक पत्रकारको गोली लागेर मृत्यु भएको छ । निकारागुआमा सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई फेसबुकबाट लाइभ प्रसारण गर्दागर्दै गोली लागेर एन्जेल गहोनाको घटनास्थलमै मृत्यु भएको हो । स्थानीय मिडियाका अनुसार उनी...
बैशाख १०,
काठमाडौं । ग्लोबल आईएमई बैङ्क, नेपाल बैङ्क र सनराइज बैङ्कले चालु आर्थिक वर्षको ९२०७४र७५० तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल बैङ्क र सनराइजले नाफा बढेको प्रतिवेदन सार्वजनिक गर्दा ग्लोबल आईएमई बैङ्कको नाफा केही खुम्चिएको छ । ग्लोबल आईएमई बैङ्कले यो त्रैमासमा २।१२ प्रतिशतले नाफा घटाएर १ अर्ब ४४ करोड ४७ लाख रुपियाँमा...
बैशाख १०,
बाँके । गर्मीयाम शुरु भएसँगै आगलागीको जोखिम कम गर्न बाँके राष्ट्रिय निकुञ्जले १४० किलोमिटर क्षेत्रमा अग्नि रेखा निर्माण गरेको छ । निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने महादेवा, कोहलपुर, चिसापानी, मुगुवा र खैरी खोलालगायतको क्षेत्रमा अग्निरेखा निर्माण गरिएको बाँके निकुञ्जले जनाएको छ । दाङको अमिलिया क्षेत्रको चुरे जंगलमा आगो फैलिएकाले बाँके निकुञ्जमा पनि आगलागी फैलिन सक्ने जोखिम बढेको छ । चुरे...
बैशाख १०,
काठमाडौं । वीर अस्पताल नजिकै नेपाली सेनाले धमाधम त्रिचन्द्र मलिटरी अस्पताल निर्माण गरिरहेको छ। काठमाडौँको महाबौद्धस्थित सेनाको उक्त अस्पताल निर्माणका क्रममा अनियमितता भइरहेको फेला परेको छ।
सेनाले उक्त अस्पताल ९ तलाको बनाउन लागेको हो। तर, अस्पतालका लागि भनेर १७ तलासम्म पुग्ने गरी सेनाले टायल खरिद गरेको भेटिएको हो। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भवन निर्माण सम्पन्न हुनु अघि...
बैशाख १०,
भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा आज बिहान रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म१क १३९ नंको ट्रकमा पछाडिबाट से४त ८०२४ नंको मोटरसाइकल ठोक्किएको थियो । ट्रकमा ठक्कर दिँदा मोटरसाइकल चालक कैलालीको साविक दुर्गौली गाउँपालिका–१ का ५२ वर्षीय लिखराम चौधरीको उपचारका क्रममा सेती अञ्चल...










