बैशाख १०,
इलाम । इलामको माईजोगमाई गाउँपालिकाका युवा व्यवसायी नित्यानन्द दाहालले आफ्नै लगानीमा जडीबुटी प्रशोधन उद्योग स्थापना गर्नुभएको छ । स्थानीय वन तथा निजी आवादीमा पाइने धुपी र धसींगरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गरी अर्थोपार्जन गर्ने उद्देश्यले दाहालले रु १६ लाखको लगानीमा ओसोनिक जुडीबुटी प्रशोधन उद्योग स्थापना गर्नुभएको हो । उक्त उद्योगमा वनमा खेर गइरहेका धुपी, धसींगरेबाहेक...
बैशाख १०,
इनरुवा । संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ । सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर र ४ बीचको कालोपत्रे सडक निर्माण शिलान्यास कार्यक्रममा आइतबार अध्यक्ष यादवले सो कुरा बताउनुभएको हो । यादवले मुलुक लामो द्वन्द्व र संघर्षबाट गुज्रेकाले अब विकासको गतिलाई तीव्रपारि संघीयता कार्यान्वयनमा जोड दिनुभयो । अध्यक्ष यादवले...
नयाँ पत्रिका -वैशाख १०,
काठमाडौं । कांग्रेस बैठकमा निर्वाचनमा पराजयको दोष एक–अर्कालाई थोपर्ने गरी बहस जारी छ । लामो समय स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पनि आरोप–प्रत्यारोपमै सीमित भयो । ९ चैतबाट सुरु भएको समीक्षा बैठक केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि १६ चैतमा स्थगित भएको थियो ।
आइतबार धारणा राख्ने ६ केन्द्रीय सदस्यमध्ये कुलबहादुर गुरुङ र प्रदीप पौडेलले सभापतिदेखि पार्टीको समग्र...
नागरिक दैनिक-बैशाख १०,
काठमाडौं । गतवर्ष नेपाल निर्माण सामग्री व्यापार संघका अध्यक्ष श्रीकृष्ण रिजालले भैरहवाबाट काठमाडौं निर्माण सामग्री ल्याउँदा एक ट्रकको भाडा ३० हजार रुपैयाँभन्दा धेरै तिर्न बाध्य भए । ढुवानी व्यवसायीमा व्याप्त सिन्डिकेटकै कारणले उनले चलेको भाडामा दोब्बरभन्दा धेरै नतिरी सुख पाएनन्। ‘मैले आफै २० हजार भाडा लाग्ने ठाउँमा ५० हजार तिरेको छु,’ आइतबार नागरिकसँग रिजालले भने, ‘ढुवानीमा...
नयाँ पत्रिका-वैशाख १०,
काठमाडौं । न्यायालयका आदेशले राजस्व गुमेको र विकास निर्माणमा अवरोध भएको विषयमा मन्त्रीहरूले सर्वोच्चका न्यायाधीशहरूसँग प्रश्न गरेका छन् । आदेशहरूमाथि खुला रूपमा बहस गर्न आफूहरू पनि तयार रहेको सर्वोच्चका न्यायाधीशहरूको भनाइ छ । आइतबार कामु प्रधानन्यायाधीश दीपकराज जोशीसहित न्यायाधीशहरू, अर्थमन्त्री डा. युवराज खतिवडा, कानुनमन्त्री शेरबहादुर तामाङ र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अदालतको बजेट तथा जनशक्ति वृद्धि गर्ने विषयमा छलफलमा...
नागरिक दैनिक-बैशाख १०,
काठमाडौं । स्थानीय तहमा बग्रेल्ती बेथिती छन्। कर्मचारी समायोजन प्रक्रिया टुंगिएको छैन। निजामतिको संघीय, प्रदेश ऐन बनाउनु पर्ने काम पनि थाँतीनै छ। प्रदेश र स्थानीय सरकारमा खटाएका कर्मचारी कार्यक्षेत्रमा पुगेका छैनन्। अहिलेका २२ मन्त्रालय मध्ये सबैभन्दा बढि काम गर्नुपर्ने जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छ। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित आफ्नो...
बैशाख ९,
काठमाडौं । लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर एमाले र माओवादीले आयोजना गरेको कार्यक्रम उत्पन्न ब्यानार विवाद हल भएको छ ।
विवादपछि कार्यक्रम शुरु हुन सकेको थिएन ।
विवाद भएको ब्यानर विचमा राख्ने र दायाँबायाँ नयाँ ब्यानार राखेर कार्यक्रम गर्ने सहमति भएको छ ।
यी दुई पार्टीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम दिउँसो १२ बजेबाट शुरु हुने भनिएको...
बैशाख ९,
भक्तपुर । स्थानीय तहको निर्वाचन भएको एकवर्ष पुग्नै लाग्दा देशको धेरै स्थानमा जनप्रतिनिधिहरु माथी सुनियोजित आक्रमणको घटनामा वृद्धि हुन थालेको छ ।
भक्तपुरका जनप्रतिनिधिहरुले सुरक्षाको कारणले जनताको काम गर्न समस्या भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उचित सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन् ।
शनिबार साझँ मध्यपुरथिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठमाथी आक्रमण भएपछि भक्तपुर निर्वाचित जनप्रतिनिधि तथा...
बैशाख ९,
काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो । जसमा १९ पुरुष र १५ महिला रहेका छन् ।
प्रभागका...
बैशाख ९,
सुर्खेत । जुम्लामा १४ हजार ५८ जनाले स्वास्थ्य बिमा गर्दा रु। ५७ लाख संकलन भएको छ । गत असार १ गतेबाट शुभारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रममा जुम्लाका २० हजार घरधुरी संख्यामध्ये दुई हजार २०० घरधुरीका १४ हजार ५८ जनाले बिमा गरेका छन् । स्वास्थ्य बिमा गरेका मध्येबाट हालसम्म चार हजार ४२८ जनाले स्वास्थ्य बिमा सेवा लिएको कर्णाली...








