Monday, September 21, 2026
Home समाचार जुवाखालबाट सातजना पक्राउ

जुवाखालबाट सातजना पक्राउ

232

बैशाख १०,
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारबाट जुवातास खेल्दै गरेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। बालकुमारी वन नजिकै तीनतले घरमा डेरा गरी बस्ने ३४ वर्षीय कुमार कार्कीले दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापामारी कार्कीसहित जुवातास खेल्दै गरेका सातजनालाई पक्राउ गरेको हो। जुवातास खेल्दै गर्दा १३ थान तास, ७२ हजार ३०० नगद, ४०० भारु, तीन अमेरिकी डलरसहित उनीहरुलाई पक्राऊ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले बताए।