Home Blog Page 2041
बैशाख १८, भक्तपुर । वि स २०५३ सालको एसएलसी व्याच शारदा स्कूल भक्तपुरले क्यान्सर पीडित बिभा सापकोटा भजुलाई सहयोग गरेको छ । एसएलसी २०५३ को व्याचका राजेश भजुुकी पत्नी बिभा विगत ३/४ वर्षदेखि क्यान्सर पीडित भएकोले सो व्याचले सहयोग गरेको हो । बिभालाई सहयोगार्थ गठित बिभा बचाउ अभियानले विभिन्न व्यक्तिबाट उठेको आंशिक रकम ७७ हजार ५ सय रकम हस्तान्तरण...
बैशाख १८, भक्तपुर । काठमाडौ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर रामकण्ठ माकजु श्रेष्ठले नेपालमा सबै जना मिलेर स्वास्थ्य क्षेत्रको विकाशमा लाग्नु पर्ने बताएका छन् । मंगलबार भक्तपुरको दुवाकोटमा काठमाडौं मेडिकल कलेज पब्लिकको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने ‘दश वर्ष यता नेपालको रुवास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएको छ, यो निजि क्षेत्रको देन हो । ’ बिरामीको उपचारमा मात्रै नभएर मेडिकल क्षेत्रलाई चाहिने...
बैशाख १८, लमजुङ । लमजुङका अलैँची कृषकले विद्युतीय अलँैची भट्टी पाएका छन् । अलँैची व्यवसायी महासंघको पहलमा अत्याधुनिक प्रविधिसहितको पाँचवटा विद्युतीय अलैँची भट्टी ल्याइएको हो । नेपाल हब्र्स तथा हर्बल उत्पादन संघको ८० प्रतिशत अनुदानमा ल्याइएको सो भट्टी विद्युत् र सौर्य ऊर्जाबाट समेत प्रयोग गर्न सकिने अत्याधुनिक प्रविधिको रहेको छ । सम्भवत् विद्युतीय अलँैची भट्टी नेपालमै पहिलोपटक भित्रिएको जिल्लास्थित अलैँची...
बैशाख १८, कैलाली । कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा छजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । स्थानीय गोरख सिंहको कुखुरा फार्ममा जंगली जनावर चित्तललाई मारी काटिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले चित्तलको मासु र काट्न प्रयोग भएको हतियारसहित छजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । पक्राउ पर्नेमा टीकापुर...
बैशाख १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गर्नुभएको छ । मजदूर दिवसको उपलक्ष्यमा आज दिनु भएको एक सन्देशमा प्रधानमन्त्रीले प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जनलगायतका आधारभूत हकअधिकारको स्मरण...
नयाँ पत्रिका दैनिक- बैशाख १८, काठमाडौं । राष्ट्रिय सभाका सांसदको पदावधिबारे एमाले–माओवादी र अन्य दलबीच विवाद भएको छ । राष्ट्रिय सभाका ५९ सांसदमध्ये एकतिहाइको पहिलो २ वर्षमा, अरू एकतिहाइको ४ वर्ष र बाँकीको ६ वर्ष कार्यकाल हुने संवैधानिक व्यवस्था छ । तर, कुन सांसदको पदावधि कति हुने भन्ने नियमावली बनाउने सवालमा विवाद भएको हो । एमाले र माओवादी सांसदले प्रदेशको समावेशिताका आधारमा गोलाप्रथा गर्नुपर्ने...
नयाँ पत्रिका दैनिक- बैशाख १८, काठमाडौं । सबै प्रकारको यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध गरिएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी अत्यावश्यक क्षेत्रको सूची सार्वजनिक गरेको हो । यससँगै अब सबै प्रकारको यातायात सेवा ९जल, स्थल र हवाईमार्ग० बन्द–हडतालमुक्त क्षेत्र बनेको छ । यी तीनवटा माध्यमबाट हुने यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवामा हडताल गर्न पाइने छैन । आवश्यक...
बैशाख १८, दाङ । असिना, पानी र चट्याङले रेडियो सञ्जीवनी र रेडियो तुलसीपुरमा क्षति पुगेको छ । गएराति परेको चट्याङले रेडियो सञ्जीवनीको एन्टेना, डिभाइडर, टेलिफोन हाइवे्रड, तथा ट्रान्समिटरमा क्षति पुगेको हो । क्षतिसँगै रेडियोको प्रशारण बन्द भएको रेडियो सञ्जीवनीका स्टेशन म्यानेजर शरद रेग्मीले जानकारी दिनुभएको छ । असिना पानी र चट्याङका कारण रेडियोमा रु तीन लाखभन्दा बढीको क्षति भएको छ...
कान्तिपुर दैनिक- बैशाख १८, जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । उनको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेका छन् । भारतका उच्च ओहदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने डीआईजीको नेतृत्वमा आएका सुरक्षाकर्मीको टिमले मोदीको भ्रमणका बेला अपनाइने सुरक्षा घेराको स्केच तयार पारेको छ। नेपाली सुरक्षाकर्मीको सल्लाहमा तयार पारिएको मोदीको...
नेपाल समाचारपत्र दैनिक- बैशाख १८, काठमाडौं । सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने ‘इकोस्पोर्ट टाइटानियम’ गाडीको बिक्रीमा ग्राहकबाट अस्वाभाविक रूपमा बढी रकम असुल्ने गरेको भेटिएको छ। जीओ अटोमोबाइल्स प्रालिले उक्त गाडीको बिक्रीमा ४० प्रतिशतसम्म मूल्य असुलेर उपभोक्तालाई ठगी गरेको भेटिएको हो। उक्त कम्पनीले इकोस्पोर्ट टाइटानियम गाडीको बिक्रीमा करिब १२ लाख ३२ हजार रुपियाँ...