क्यान्सर पीडित बिभालाई सहयोग

228

बैशाख १८,
भक्तपुर । वि स २०५३ सालको एसएलसी व्याच शारदा स्कूल भक्तपुरले क्यान्सर पीडित बिभा सापकोटा भजुलाई सहयोग गरेको छ । एसएलसी २०५३ को व्याचका राजेश भजुुकी पत्नी बिभा विगत ३/४ वर्षदेखि क्यान्सर पीडित भएकोले सो व्याचले सहयोग गरेको हो । बिभालाई सहयोगार्थ गठित बिभा बचाउ अभियानले विभिन्न व्यक्तिबाट उठेको आंशिक रकम ७७ हजार ५ सय रकम हस्तान्तरण गरेको व्याचका सचिव अमृत मिश्रले जानकारी दिए ।
क्यान्सर पीडित बिभाको उपचारमा आर्थिक अभाव भएपछि परिवारको बिशेष आग्रहमा अभियानले सहयोग संकलन गर्दै आएको उनले बताए । उनले सानो सहयोगले विभाको उपचारमा सहयोग पुग्ने भएको बताए । उनका अनुसार विभाको उपचारका लागि लागने रकम संकलनको अभियान चलिरहेकोले सहयोग गर्न चाहने व्यक्तिगत आफनो क्षमताअनुसार आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ ।
उनलेको केही समय अघि भारतको दिल्लीमा उपचार गरिएको थियो । अहिले नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा उपचार भैरहेको छ । उनको हालसम्म २ पटक शल्यक्रिया र १३ चोटी किमो गराई उपचार गरिएको उनका श्रीमान राजेश भजुले बताए ।