बैशाख १८,
भक्तपुर । काठमाडौ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर रामकण्ठ माकजु श्रेष्ठले नेपालमा सबै जना मिलेर स्वास्थ्य क्षेत्रको विकाशमा लाग्नु पर्ने बताएका छन् ।
मंगलबार भक्तपुरको दुवाकोटमा काठमाडौं मेडिकल कलेज पब्लिकको १९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने ‘दश वर्ष यता नेपालको रुवास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएको छ, यो निजि क्षेत्रको देन हो । ’
बिरामीको उपचारमा मात्रै नभएर मेडिकल क्षेत्रलाई चाहिने हजारौं योग्य जनशक्ति उत्पादनमा निजि स्वास्थ्य संस्थाको ठुलो योगदान रहेको प्राध्यापक डाक्टर श्रेष्ठले बताए ।
काठमाडौं मेडिकल कलेज अध्यक्ष रबिन्द्र राज पाण्डेले अस्पतालले हरेक वर्ष लाखौं सर्वसाधरणको उपचार गरिरहेको बताए ।
अध्यक्ष पाण्डेले भने ‘विरामीको उपचार र डाक्टर, नर्स र स्वास्थ्य प्राविधिक उत्पादनमा हामीले जनशक्ति अभावलाई कम गर्न मद्दत गरिरहेका छौं । ’
काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटमा अस्पताल रहेको उक्त मेडिकल कलेजले दैनिक एक हजार एक सय भन्दा धेरै बिरामीलाई स्वास्थ्य सेवा दिदैं आएको अस्पतालले जनाएको छ ।
डाक्टर, नर्स, स्वास्थ्य प्राविधिक लगायतका विभिन्न विषयमा हालसम्म एक हजार ७ सयभन्दा धेरैले कलेजबाट आफ्नो अध्ययन पुरा गरेको सो अवसरमा जानकारी दिएको छ ।
मेडिकल कलेजको १९ औं वार्षिकोत्सव कार्यक्रम पारेर अघिल्लो शैक्षिक सत्रमा उत्कृष्ठ हुने विभिन्न विधाका विद्यार्थी छात्रा तथा छात्रहरुलाई नगद, ल्यापटप र टयाब र शिक्षक, कर्मचारीलाई नगद पुरस्कार, प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।