Wednesday, September 23, 2026
Home मनोरन्जन प्रियंकाको गुपचुप विहे !

प्रियंकाको गुपचुप विहे !

259

एजेन्सी । अहिले बलिउड नगरीमा विवाहको मौसम चलिरहेको छ। नायिका अनुश्का शर्माको विवाहपछि अब फ्यानहरूको नजर सोनम कपुर तथा दीपिका पादुकोणकोमा अडिएको छ।
यी दुवै नायिकाहरूको विवाहको खबर लगातार आइरहेको छ। अब यस लिस्टमा अर्की एक टप नायिकाको नाम आएको छ। उनी हुन्, प्रियंका चोपडा। प्रियंका २ वर्षदेखि हलिउड प्रोजेक्टमा नै व्यस्त छिन्। तर, अचानक उनको विवाहको खबरले भने भारतीय मिडियामा राम्र्रै चर्चा पाएको छ। हालै उनले आफ्नो इन्स्ट्राग्राम अकाउन्टमा एक तस्वीर साझा गरेकी छिन्, जसमा उनले हातमा मंगलसुत्र लगाएकी छिन्। यसबाट मानिसहरूमा उनले गुपचुप तरिकाले विवाह गरिसकिन् कि भन्ने प्रश्न उठाएको छ। यदि गरिसकिन् भने उक्त भाग्यमानी केटा को होला भन्ने पनि उनका फ्यान र मिडियालाई चासोको विषय भएको छ।
तर, केहीले भने हातमा मंगलसुत्र लाएर हिँड्नु उनको नयाँ फेसन हुनसक्ने अनुमान गरेका छन्। प्रियंकाले भने हातमा देखिएको गहना मंगलसुत्र नभएर ब्रासलेट भएको प्रस्ट्याएकी छिन्।
केहीदिन अघिमात्र प्रियंकाले विवाहलाई लिएर अभिव्यक्ति दिएकी थिइन्। जसमा उनले विवाह र बच्चा आफ्नो ठूलो जिम्मेवारी भएको तथा विहे गरेर बच्चा जन्माई क्रिकेट टिम बनाउने बताएकी थिइन्।