असार ५,
झापा । नेपाल भारतको सीमावर्ती क्षेत्रलाई जोड्ने झापाको भद्रपुरस्थित मेचीनदीमा निर्माण भएको पुल उद्घाटन हुनु अगावै दुवै देशका नागरिकले प्रयोग थालेको छन्। मनसुन सुरु भएसँगै मेची नदीमा पानीको सतह बढ्दा नदीमा बनाइएको बाँसको अस्थायी पुल पानीले बगाएपछि स्थानीय नागरिकले उद्घाटन गर्न बाँकी रहेको पुलबाटै आवतजावत गर्न थालेका छन्। मेची नदीमा पुल निर्माण भए पनि सडकबाट पुलसम्म पुग्ने सडक...
असार ५,
विश्वकपको छैटौ दिन चलिरहँदा सशक्त मानिएका टोलीहरु स्तव्ध बन्ने क्रम छ। बलियो मानिएको इङग्ल्यान्ड समेत संर्घषपुर्ण खेलमा विजयी बन्यो। मंगलबार हुने खेलमा एसियाली मुलुक जापानले कोलम्वियाको सामना गर्दैछ। कोलम्बिया त्यही मुलुक हो जसले सन २०१४ को विश्वकपमा ग्रुप सी मा जापानलाई ४–१ ले हराउँदै बिना अंक घर फर्कन बाध्य बनाएको थियो। आजको खेल जापानको लागी हारको बदला लिँदै...
असार ५,
भक्तपुर । भक्तपुरको पलाँसेमा तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ। जिल्ला न्यायाधिस भोजराज शर्माको एकल इजलासले पलाँसे घटनाका टिफर चालक सुरेश भन्ने संजिव सुचिकारलाई लापरवाही पुर्वक सवारी चलाएको अभियोगमा पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको हो। गत जेठ ९ गते सूर्यविनायक नगरपालिका–९ पलाँसेमा बनेपाबाट...
असार ५,
काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री तथा वरिष्ठ न्यूरो सर्जन डा। उपेन्द्र देवकोटालाई उपराष्ट्रपति नन्दबहादुर पुनलगायत उच्च पदस्थ व्यक्तिहरुले श्रद्धाञ्जली दिएका छन्। बाँसबारीस्थित न्यूरो अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिएको पार्थिव शरीरमा उपराष्ट्रपति पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेल, प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायत उच्च पदस्थ व्यक्तिहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
असार ५,
हेटौँडा । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला मंगलबारदेखि हेटौँडामा शुरु हुँदैछ। भेला उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने जनाईएको छ। बैठकमा पार्टी विधानमा गर्नुपर्ने संशोधन वा परिमार्जन, संगठन सुदृढिकरण रणनीति, स्थानीय, प्रदेश र संघीय तहमा पार्टीको भूमिका, प्रतिपक्षको रुपमा पार्टीको भुमिका, समसामयिक राजनैतिक अवस्था लगायतका विषयमा समूहगत छलफल गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। छलफलमा यसपटकको...
असार ५,
काठमाडौं । रसिया भइरहेको फुटबलको महाकुम्भ विश्वकप २०१८ ले संसारका मानिसको ध्यान तानेको छ । त्यसमा हाम्रो देशपनि अछुतो रहन सकेको छैन् । विश्वकपको गीत गाउने चलन सन् १९७८ देखि सुरु भएको इतिहास देखिन्छ । तर सबै गीतहरुभन्दा सन् २०१०मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा साकिराले गाएको वाक वाक बोलको गीत सबैभन्दा चर्चित विश्वकप गाना हो । यो गीत...
असार ५,
पोखरा । असार ८ गतेदेखि फिल्म ‘तिमी हुन्छौ जहाँ–जहाँ’ प्रदर्शनमा आउने भएको छ । विकास बस्यालको निर्देशनमा बनेको फिल्मको प्रचारमा निर्माता र कलाकार जुटेका छन् । पोखराबाट प्रचारप्रसार थालिएको फिल्मका निर्माता दलचन्द्र दवाडीले बताए । फिल्म युनिट प्रचारका क्रममा चितवन, बुटवल र हेटौँडा हुँदै काठमाडौं फर्किनेछ । चलचित्र माया, प्रेम, वियोग, द्वन्द्व र हास्यव्यंग्यमा आधारित भएको निर्माण पक्षले...
असार ५,
एजेन्सी । चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको नाम पछिल्लो समय हलिउड अभिनेता तथा गायक निक जोनससँग जोडिएको छ । हालै प्रियंका निक जोनसको भतिजीको बिहेमा सरिक भएकी थिइन् । भारतीय सञ्चारमाध्यमले निक जोनसको परिवार प्रियंकालाई बुहारी बनाउन तयार रहेको बताएका छन् । तर, प्रियंकाकी आमा मधु चोपडाले छोरीको अफेयरबारे चलेका हल्ला गलत भएको प्रतिक्रिया दिएकी छिन् ।उता,...
कारोबार दैनिक- असार ५,
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा गैरसरकारी संस्था र पदाधिकारीको सम्पत्ति छानबिन गर्ने आफैंले गरेको निर्णयबाट पछि हटेका छन् । गैरसरकारी संस्थाहरु सरकारको लगामभन्दा बाहिर गएको निष्कर्षसहित जेठ २४ गते गृहमन्त्री थापाले एक महिनाभित्र सबै सरकारी तथा गैरसरकारी संस्था र त्यसका सञ्चालक÷कर्मचारीको सम्पत्ति विवरण संकलन गरेर पठाउन तथा अन्य सबै मापदण्डका आधारमा संस्था दर्ता गर्न देशभरका...
असार ५,
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चीनको राज्यपरिषदका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आज चीनको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सन्चारकर्मी सहभागी...



