Sunday, September 27, 2026
Home समाचार डा। देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपतिदेखि प्रधानसेनापतिसम्म

डा। देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपतिदेखि प्रधानसेनापतिसम्म

105

असार ५,
काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री तथा वरिष्ठ न्यूरो सर्जन डा। उपेन्द्र देवकोटालाई उपराष्ट्रपति नन्दबहादुर पुनलगायत उच्च पदस्थ व्यक्तिहरुले श्रद्धाञ्जली दिएका छन्। बाँसबारीस्थित न्यूरो अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिएको पार्थिव शरीरमा उपराष्ट्रपति पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेल, प्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायत उच्च पदस्थ व्यक्तिहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन्।