तीन जनाको ज्यान लिने टिपर चालकलाई भक्तपुर जिल्ला अदालतले जेल चलान गरेको छ

370

असार ५,
भक्तपुर । भक्तपुरको पलाँसेमा तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ। जिल्ला न्यायाधिस भोजराज शर्माको एकल इजलासले पलाँसे घटनाका टिफर चालक सुरेश भन्ने संजिव सुचिकारलाई लापरवाही पुर्वक सवारी चलाएको अभियोगमा पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको हो। गत जेठ ९ गते सूर्यविनायक नगरपालिका–९ पलाँसेमा बनेपाबाट काठमाडौं तर्फ आइरहेको बा।३ ख ६६७४ नं को टिपरले सोही दिशाबाट आइरहेको बा ५६ प १२२७ नं को स्कुटरलाई ठक्करदिँदा स्कुटर चालक हरिबहादुर कटुवाल र पछाडि यात्रा गर्ने सबिता घिमिरे र अरबिन घिमिरेको घटनास्थलमा नै मृत्यु भएको थियो। सो घटनामा जिल्ला सरकारी वकिलको कार्यालयले चालक सुचिकारलाई सवारी तथा यातायात ब्यबस्था ऐन २०४९ को दफा १६१ ९२० बमोजिम लापरवाही पुर्वक सवारी चलाई ज्यान लिएकोमा सोही नं।बमोजिम सजायको मागदावी सहित जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेको थियो।