Wednesday, June 10, 2026
Home Blog Page 1979
असार १४, सुनसरी । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले सरकारले स्वेच्छाचारी ढंगले काम गर्न थालेको आरोप लगाउनुभएको छ । नेपाल नाई संघको प्रदेश नं १ स्तरीय प्रथम भेलालाई आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारको जथाभावी कार्यप्रति सचेत रहन सम्बन्धीत सबै पक्षसंग आग्रह गर्नुभयो । नेता गच्छदारले मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि सहिष्णु भएर काम गर्नुपर्ने बेला आएको चर्चागर्दै बहुमतको...
असार १५, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिल्लेगडाबाट बडियातर्फ जाँदै गरेको म १ त ८९४ नंको ट्याक्टर दुर्घटना हुँदा दोगडाकेदार–३ श्रीकोटका ६० वर्षीय सिद्धराज जोशीको घटनास्थलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
असार १४, भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले चिकित्सकको प्रेस्क्रिप्सन विना बिक्री वितरण गर्न नपाईने औषधी बिक्री वितरण र खदिर गरेको आरोपमा पाँच जनालाई मानिसलाई पक्राउ गरेको छ । प्रहरीले प्रेस्क्रिप्सन विना औषधी बिक्री वितरण गर्ने तीन जना फार्मेसी संचालक र दुई जना औधषी खरिद कर्तालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । सूर्यविनायक नगरपालिका वडा नं ५ सल्लाघारीमा...
असार १४, झापा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्धिको मार्गमा डो¥याउनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज झापाको चन्द्रगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रतिपक्षले उठाएका असल कुराहरुलाई यथोचित स्थान दिएर समृद्ध मुलुक निर्माणका लागि वर्तमान सरकार अघि बढ्ने बताउनुभयो ।“विकासमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन,” उहाँले भन्नुभयो – “प्रतिपक्षलाई पनि साथमा...
असार १४, परराष्ट्रमन्त्ती प्रदीप ज्ञवालीसँग थप ५ वटा उत्तरी नाका खोल्न सहमती भएको बताएका छन् । प्रधानमन्त्रीहरुको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको बुधबार जवाफ दिँदै पररषट्रमन्त्ती ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सो विषयमा सहमति भएको बताएका हुन् । उनले दार्चुलाको टिंकर नाका र बझाङको उरहीसहित ५ वटा नाका खोल्न सहमति भएको बताए ।
असार १४, डा। गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी अध्यादेशमा समेटिएका सुधारका मुल बुँदालाई प्रतिस्थापन विधेयकमा तोडमोड गर्न खाजेको भन्दै शुक्रबारदेखि आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन् । दुईपटकसम्म जारी उक्त अध्यादेशलाई सार्थक रुपमा दिन असार तेस्रो सातासम्म प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ । सरकारले अध्यादेशका प्रावधानलाई तोडमोड गरी प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ ।
असार १४, साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका वीरगन्जका व्यापारी राजु दारुका एक्लैले ६ क्विन्टल सुन तस्करी गरेको खुल्न आएको छ ।दारुका आफैँले अहिलेसम्म ६ क्विन्टल सुन तस्करी गरेको स्वीकार गरेका हुन् ।गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिसँग दारुकाले तस्करी स्विकार्दै बयान दिएका हुन् ।,यो खबर आजको नयाँ पत्रिकामा छ...
असार १४, काँकडभिट्टा । झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ। मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा बुधबार रातिदेखि पाँँच वटा छावासहित १८ वटा हात्ती पसेको छ। बस्तीको बीचमा रहेको बगानमा हात्ती भएपछि सिंगो गाउँ नै त्रसित बनेको हो। बिहानैदेखि स्थानीयवासीलाई सकेसम्म घरबाहिर ननिस्कन वडाध्यक्ष गुणराज भट्टराई र इलाका प्रहरी कार्यालय...
असार १४, विश्वकप फुटबलमा बुधबार दुई शक्तिसाली देश आ–आफ्ना प्रतिद्वन्द्वीविरुद्ध भिडे। जर्मनी एसियन राष्ट्र दक्षिण कोरियासँग अप्रत्यासित हारको पीडा भोग्दै बाहिरिंदा ब्राजिलले भने सर्वियालाई हराउँदै समूह विजेताको रुपमा नकआउटमा स्थान बनायो। जर्मनी हार्दा र ब्राजिलले जित्दा केही रोचक घटना भएका छन्।जर्मनी समूह चरणबाटै बाहिरिने चौंथो डिफेन्डिङ च्याम्पियन बन्यो। २००२ मा फ्रान्स, इटाली २०१०, स्पेन २०१४ र जर्मनी २०१८ रहेका छन्।...
असार १४, गौशाला । सशस्त्र प्रहरीले महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट बिहीबार बिहान १० किलो रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–३ का ५१ वर्षीय रामप्रीत पासवान रहेको सशस्त्र प्रहरी भन्सार तथा राजस्व गुल्म जलेश्वर महोत्तरीले जनाएको छ। भारतबाट चक्तचन्दन तस्करी गरी नेपाल भित्र्याएका पासवानलाई सुराकीका आधारमा सशस्त्र प्रहरी भन्सार तथा राजश्व गुल्म...