सरकार स्वेच्छाचारी ढंगले काम गर्न थालेको काँग्रेस नेता गच्छदारको आरोप

196

असार १४,
सुनसरी । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले सरकारले स्वेच्छाचारी ढंगले काम गर्न थालेको आरोप लगाउनुभएको छ । नेपाल नाई संघको प्रदेश नं १ स्तरीय प्रथम भेलालाई आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारको जथाभावी कार्यप्रति सचेत रहन सम्बन्धीत सबै पक्षसंग आग्रह गर्नुभयो । नेता गच्छदारले मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि सहिष्णु भएर काम गर्नुपर्ने बेला आएको चर्चागर्दै बहुमतको उन्मादमा सरकारले नेपाली जनताले थेग्नै नसक्ने गरी महँगी थोपार्नु र परम्परागत ढाँचामा खलल पर्नेखालका कार्य गर्नु उचित नभएको बताउनुभयो ।

मुलुकमा आमूल परिवर्तनका लागि काँग्रेसले ठूल्ठूला क्रान्ति र आन्दोलनको नेतृत्व गरिसकेको बताउँदै उहाँले नेपाली जनतामाथि अन्याय र अत्याचार भयो भने काँग्रेस चुप लागेर बस्न सक्दैन भन्नुभयो । सो अवसरमा सुनसरीबाट नेपाल ट्रेड युनियन काँग्रेसको उपमहासचिवमा विजयी हुनुभएका ज्योति कोइरालालाई सम्मान पनि गरिएको थियो ।