भक्तपुरका फार्मेसीमा प्रहरीको छापा, पाँच जना पक्राउ

252

असार १४,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले चिकित्सकको प्रेस्क्रिप्सन विना बिक्री वितरण गर्न नपाईने औषधी बिक्री वितरण र खदिर गरेको आरोपमा पाँच जनालाई मानिसलाई पक्राउ गरेको छ । प्रहरीले प्रेस्क्रिप्सन विना औषधी बिक्री वितरण गर्ने तीन जना फार्मेसी संचालक र दुई जना औधषी खरिद कर्तालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं ५ सल्लाघारीमा अरनी हाईवे पोलीक्लिनिक प्रा.लिकी संचालिका दोलखा तामाकोसी गाँउपालिका वडा नं ३ घरभएकी सृजना घिमिरेलाई पक्राउ गरेको हो ।

सोही स्थानमा अर्विषा फार्मेसी संचालन गर्ने कैलाली जिल्ला टिकापुर २ बिक्रम खड्कालाई समेत पक्राउ गरेको छ ।
खरिद गरेको आरोपमा भक्तपुर जिल्ला मध्यपुरथिमि– ९ निकोशेरा बस्ने बर्ष २० को किरण कासुला, सूर्यविनायक–२ बालकोट बस्ने बर्ष २३ को रुपक खत्री र काभ्रे जिल्ला काशीखण्ड नगरपालिका–२ बस्ने बर्ष २० को विकास लामालाई पक्राउ गरेको हो ।
औषधी व्यवस्था विभागसंग आवश्यक समन्वय गरि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधी र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले उक्त दुवै पसल शिलबन्दी गरेको छ ।

प्रहरीले अर्विफा फार्मेसीबाट ट्रफा ५० एमजि नामक औधषी १ हजार ८ सय क्याप्सुल बरामद गरेको परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेवति रमण पोखरेलले जानकारी दिएका छन् ।
अरनी हाईवे पोलीक्लिनिकबाट ट्रमा ५० एमजी ९० क्याबसुल, कोड टेबल १५ एमजी १ सय ३७ ट्याब्लेट, क्लोजिप ०.५ एमजी १ सय २० ट्याब्लेट समेत जफत गरेको छ ।
उल्लेखित औषधिहरु बरामद गरी औषधी व्यवस्था बिभागले लिई गएको र उक्त क्लिनिक एवं फार्मेसी संचालन गरी औषधी बिक्री गर्ने मानिस विभागमा पठाउने गरी प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको हो ।