-राजेश खड्का
साउन ९,
भक्तपुर । विकास र समृद्धिका लागि कानुनी राज्य हुनुपर्ने भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले बताए । स्थानीय तहको चुनाव अगाडि आफूले गरेका सबै वाचा पूरा गर्न कानुनसँगसँगै नागरिकले नीति नियम पालना गर्नु पर्नेमा उनले जोड दिए । मानव अधिकार सञ्चार प्रतिष्ठान, इह्रिकनले गरेको स्थानीय सरोकारवालबिच समन्वय बैठकमा नगरप्रमुख थापाले सूर्यविनायकका बासिन्दालाई समृद्ध बनाउनका लागि आफू...
साउन ९,
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालले बाचुन्जेल दुःख र कष्टका साथ जनताको र क्रान्तिको पक्षमा दृढतापूर्वक उभिने संकल्प गरेका छन्। अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलगायतका नेताहरुको सपनालाई पूरा गर्न दुःख, कष्टका साथ जीवनभर लागि रहने प्रतिवद्धता व्यक्त गरेका हुन्। बुधबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको पाँचौं स्मृति दिवसको अवसरमा...
साउन ९,
बैतडी । पहिरोमा पुरिएर दार्चुलामा एकजना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ रौतेडाका २२ वर्षीय मदन ओड रहेका इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इञ्चार्ज प्रहरी निरीक्षक दीर्घ बोगटीले बताए। बुधबार बिहान २ः३० बजे सुतिरहेका बेला माथिबाट आएको पहिरोमा पुरिएर ओडको घटनास्थलमै ज्यान गएको हो। मृतक ओड विगत केही दिनदेखि शैल्यशिखर–९ रुप्सालखोला बाँजका मानसिंह विकको...
साउन ९,
काठमाडौं । भारतका नयाँ दिल्लीबाट १६ नेपाली युवतीको उद्धार गरिएको छ। अवैध तरिकाले तेस्रो मुलुक लैजान लागिएका १६ नेपाली चेलीको उद्धार गरिएको जनाइएको छ। दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालका अनुसार ती नेपाली चेलीलाई इराक, कुवेतलगायतका मुलुकमा लैजानका लागि दिल्लीको एउटा घरमा बन्धकसरह राखिएको अवस्थामा उद्धार गरिएको थिया। प्रहरीले उनीहरुलाई छापा मारेर उनीहरुलाई उद्धार गरिएको जनाइएको छ।...
रोर्यटस /एजेन्सी । ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी अहिलेसम्म ७४ को मृत्यु भइसकेको छ । राजधानी एथेन्स नजिकैको राफिना टाउन वरपरका जंगलमा फैलिएको आगोका कारण सयौं घाइते भएका छन् । आगो फैलन सक्ने खतरा भएका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आपत्कालीन घोषणा गर्दै युरोपेली युनियन र अन्य देशमाथि आगो नियन्त्रणमा सहयोग गर्न...
-कुमार न्यौपाने
साउन ९,
भक्तपुर । भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको बा ३ च ८३१७ नम्बरको निजी कार सडक डिभाइडरमा ठोक्किँदा कार चालक सिन्धुली घर भई हाल सूर्यविनायक बस्ने ४७ वर्षीय रमेशराज राउतको मृत्यु भएको...
अन्नपूर्ण पोष्ट -साउन ९,
काठमाडौं । सरकारले सबै सरकारी कार्यालयमा सामाजिक सञ्जाल ‘ट्विटर’ अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने निर्देशिका तयार पारेको छ । सरकारी कार्यालयले ट्विटरमार्फत नै सूचना तथा जानकारी प्रभाव गर्नुपर्ने भन्दै यसका लागि कार्यविधि तयार पारिएको हो । यससँगै सरकारी कार्यालयले आफ्नै ट्विटर सञ्चालन गर्नुपर्नेछ ।ट्विटर ह्याण्डलमार्फत आफ्नो मन्त्रालय तथा विभागको सूचना प्रकाशित गर्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...
अन्नपूर्ण पोष्ट- साउन ९,
काठमाडौं । भूकम्पछि ध्वस्त भएको सांस्कृतिक धरोहर रानी पोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनाले पाउने भएको छ । रानीपोखरी कसले पुनर्निर्माण गर्ने भने विषयमा विवाद बढ्दै गएपछि सेनालाई जिम्मा दिन थालिएको हो । रानी पोखरी निर्माणको जिम्मा सेनालाई दिने विषयमा मंगलबार रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, काठमाडौं...
नयाँ पत्रिका दैनिक साउन ९,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ ।
सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ । जसमा नेकपाले गौतमलाई उम्मेदवार बनाउनेछ । पार्टीका दुई अध्यक्ष केपी ओली र प्रचण्डले ‘संसद्मा तपाईंको आवश्यकता परेको’ भन्दै गौतमलाई प्रतिनिधिसभामा...




