नयाँ दिल्लीबाट १६ नेपाली युवतीको उद्धार

120

साउन ९,
काठमाडौं । भारतका नयाँ दिल्लीबाट १६ नेपाली युवतीको उद्धार गरिएको छ। अवैध तरिकाले तेस्रो मुलुक लैजान लागिएका १६ नेपाली चेलीको उद्धार गरिएको जनाइएको छ। दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालका अनुसार ती नेपाली चेलीलाई इराक, कुवेतलगायतका मुलुकमा लैजानका लागि दिल्लीको एउटा घरमा बन्धकसरह राखिएको अवस्थामा उद्धार गरिएको थिया। प्रहरीले उनीहरुलाई छापा मारेर उनीहरुलाई उद्धार गरिएको जनाइएको छ। छापा मार्ने क्रममा १६ नेपाली महिलालाई तेस्रो मुलुक लैजानका लागि बन्धकसरह राखेको अवस्थामा फेला पारिएको स्वाती सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेकी छन्। उनका अनुसार १५ दिन अघि ७ महिलालाई इराक तथा कुवेत पठाइएको तथ्यसमेत फेला परेको छ। प्रहरी चौकी नजिकै अड्डा बनाएर लामो समयदेखि मानव तस्कर गिरोहले नेपाली महिलालाई अवैध रुपमा तेस्रो मुलुक लैजाने कार्य गर्दै आए पनि प्रहरीले उक्त गिरोहका बारेमा सुइँको नपाउनु अनौठो भएको अधिकारकर्मीको भनाइ छ। उद्धार गरिएका महिलाहरुलाई लामो समयदेखि एउटै साँघुरो कोठामा थुनेर राखेको पाइएको थियो।