Sunday, June 21, 2026
Home Blog Page 1905
असोज १९, काठमाडौं । तत्कालिन किष्ट बैंकका प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् । अपराध अनुसन्धान महाशाखा काठमाडौंको टोलीले ज्ञवालीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको महाशाखा प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले ज्ञवालीविरुद्ध १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय...
असोज १८, काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीभित्र एकताको खाँचो रहेको बताउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ रत्नराज्य लक्ष्मी क्याम्पसले आयोजना गरेको ‘लोकदृष्टि जर्नल विमोचन, चाडपर्वको शुभकामना तथा सम्मान कार्यक्रम’मा उहाँले भन्नुभयो, “काङ्ग्रेसको आन्तरिक एकता मजबूत भयो भने कसैले चाहेर पनि हराउन सक्दैन ।” “इतिहास, सिद्धान्त र कार्यकर्तामा काङ्ग्रेस बलियो छ तर निर्वाचनमा किन पराजय...
असोज १८, काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यापछि प्रहरी संगठनमा जनताले गर्ने विश्वास गर्ने कम हुदैं गएको छ । उक्त घटनामा संलग्नलाई काबारहीको लागि दवाव दिन दैनिक जसो सिंहदरबार अगाडि धर्ना र प्रर्दशन भइरहेको छ । धर्नामा बसेका हरुले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टले प्रमाण नष्ट गर्न भूमिका खेलेकाले कारबाही गर्न माग गरेका थिए भने...
असोज १८, भक्तपुर । युवा गायक कपिल कसपालको गीति अडियो भिडियो ‘मायाको चेक’ आज सार्वजनिक गरिएको छ । रफत सञ्चार क्लबमा आज मायाको चेक गीत यूनिटले पत्रकार सम्मेलनको आयोजना गरि गीत सार्वजनिक गरेको हो । गायक कपिल कसपालको स्वर, शब्द र संगीत रहेको उक्त गीतमा पछिल्लो समय चर्चामा रहनु भएकी सन्ध्या बुढा ( काउली बुढि) को समेत स्वर रहेको छ ।...
असोज १८, काठमाडौं । नेपाल कबाडी व्यवसायी समाजले चन्द्रागिरी नगरपालिकाले कबाडी व्यवसायीहरुसँग अव्यवहारिक रुपमा दोहोरो कर लिएको भन्दै कडा आपत्ति जनाएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर यस्तो आपत्ति जनाएको हो । समाजका अध्यक्ष रामकेबल गुप्ताले आफूहरुले अहिलेपनि राज्यलाई तिर्नुपर्ने कर तिरिरहेको सुनाए । उनले भने,‘तर, चन्द्रागिरी नगरपालिकाले हामीसँग दोहोरो कर लियो । जबकी हामीले...
असोज १७, काभ्रे । मण्डन उपत्यका सामाजिक उत्थान समाजमा सहमति बिपरित नेकपाले एकलौटी कब्जा गरेको छ।जसमा नेपाली काङ्ग्रेसले गम्भीर असहमति जनाउदै समाजको कार्यालयमा तालाबन्दी गरेको छ। २०६५ सालमा मेलम्ची खानेपानी प्रभावित काभ्रेका पाँच गाबिस समेटेर समाजको स्थापना कालदेखि नै राजनीति सहमतिको आधारमा नेतृत् तथा कार्यसमिति चयन गर्ने प्रचलन थियोे । २०७४ चैत २८ गते तत्कालीन संचालक समितिका पदाधिकारी एब राजनीतिक...
असोज १७, काठमाडौँ । आइसीसी विश्व टी–२० एसिया क्षेत्र छनौट क्रिकेट प्रतियोगितामा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ ।मलेसियामा जारी समूह बी अन्तरगतको खेलमा म्यानमारले टस जितेर पहिलो ब्याटिङ गरेको थियो ।प्लेयर अफ द म्याच घोषित सन्दीप लामिछानेले ४ विकेट तथा ललित राजवंशीले ३ विकेट लिएपछि म्यानमार १० ओभरमा मात्र २९ रनमा अलआउट हुन पुग्यो ।म्यानमारका कप्तान एच लिन...
असोज १७, काठमाडौं । गृह मन्त्रालयले साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्यापछि निलम्बनमा परेका नेपाल प्रहरीका दुई अधिकृतको निलम्बन फुकुवा गरेको छ ।२०७५ वैशाख १६ गतेदेखि लागू हुनेगरी निलम्बनमा परेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा गरिएको गृह सचिव प्रेमकुमार राईले बताए ।उच्च अदालत विराटनगरले गत साता पुर्पक्षका क्रममा कारागारमा रहेका एसएसपी लोहनी,...
धनगढी, १७ असोज (रासस) ः कैलालीको अत्तरिया बजारमा बिक्री वितरण गर्नका लागि ल्याइएका कान्तिपुर दैनिक, काठमाडौँ पोष्ट, नागरिक दैनिक पत्रपत्रिकाको पोकोमा अज्ञात समूहले आज बिहान आगो लगाएर नष्ट गरेको छ । नेपालगञ्जबाट बिहान अत्तरिया बजारको बिक्री केन्द्रमा पुगेको पत्रिका बोकेको जिपमा रहेका पत्रिका निकालेर चार पाँच जनाको समूहले आगो लगाइ नष्ट गरेको जनाइएको छ । नेपाल पत्रकार महासङ्घ कैलालीले...