Sunday, June 21, 2026
Home Blog Page 1906
असोज १७, कामाडौं । नेकपाका सहअध्यक्ष प्रचण्डले काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग गुप्त भेटघाट गर्नु र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनु संयोग मात्र भए पनि संयोग मात्र नभएको आशङ्का गर्न थालिएको छ । केपी ओली नेतृत्वको सरकारले सात महिनामा कुनै सकारात्मक उपलब्धि हासिल गर्न नसकेको र सरकारकै कारण आमजनतामा निराशा पैदा हुन थालेका बेला सत्तारुढ पार्टीका...
असोज १७, काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने घोषणाअनूरुप सहमति भएको आज एक वर्ष पुगेको छ । शीर्ष नेताहरुले पार्टी एकता गर्न २०७४ साल असोज १७ गते ६ बुँदामा हस्ताक्षर गरेका थिए । एकता घोषणा गर्ने सहमति भएको आठ महिनापछि पार्टी एकता घोषणा पनि भैसकेको छ । तर, एकतापछि बनेको मुलुकको सबैभन्दा ठूलो पार्टीको राजनीतिक...
असोज १७, काठमाडौँ । काँग्रेसको विधान मस्यौदा समितिको बैठक आज बस्ने भएको छ । विधान तयार गर्न सातै प्रदेशमा छलफलपछि बुधबार विधान मस्यौदा समतिको बैठक बस्न लागेको मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए । उनका अनुसार सवैतिरबाट लिइएका सुझावलाई समेट्दै विधान मस्यौदामा समेटेर अन्तिम रुप दिनका लागि मस्यौदा समितिको बैठक बोलाइएको हो । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा...
असोज १७, सुर्खेत । चलिरहेको बसबाट खसेका ५० वर्षीय पदम बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ । बस्नेत भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत निवासी हुनुहुन्छ । सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७०२४ नं को बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेको र सोही दिशाबाट आएको लु १ ख ४६०२ नं को ट्रकले उछिन्ने क्रममा उहाँ ढोकाबाट खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका...
New York, Oct 3 (RSS): Prime Minister KP Sharma Oli has arrived New York today on the way back to home after completing his three-day official visit to Costa Rica. At the invitation of President Carlos Alvarado Quesada, PM Oli had embarked on the visit to Costa Rica leading a Nepali delegation. Prime Minister Oli had arrived here on...
असोज १७, गोरखा । दशैँ नजिकिँदै गर्दा गोरखाको विकट उत्तरी क्षेत्रका लागि सरकारले सहुलियतमा दिने गरेको चामल अझैसम्म पुग्न सकेको छैन । उत्तरी क्षेत्रका साविकका १३ गाविसका स्थानीयवासीलाई सहुलियत दरमा बिक्री गर्न लैजानुपर्नेमा आर्थिक वर्ष शुरु भएको साढे ३ महीना बितिसक्दा पनि चामल ढुवानी हुन नसकेको हो । नेपाल खाद्य संस्थान गोरखाले चामल ढुवानी गर्न असारमै टेण्डर आह्वान गरेको...
असोज १७, बीबीसी । यदि तपाईं अमेरिकी रियालिटी स्टार किम कार्डासियनको कार्यक्रम ‘किप–अप विद कार्डासियन्स’ इन्टरनेटमा हेरिरहनुभएको छ वा उनका श्रीमान कान्ये वेस्टको हालै ट्वीटरमा फिर्तीसँग जोडिएका जानकारी इन्टरनेटमा सर्च गरिरहनुभएको छ भने तपाईं सावधान हुनुहोस् । अमेरिकी टिभी स्टार किम सन् २०१८ मा इन्टरनेटमा सर्च हुने सबैभन्दा खतरनाक सेलिब्रिटी बनेकी छिन् । साइबर सेक्युरिटी फर्म म्याकेफीले यस्तै सेलिब्रिटीको एउटा...
असोज १७, एजेन्सी । स्टार प्लसको कार्यक्रम ‘ए हे मोहब्बतें’ 'वाइएचएम० की नायिका निरु अग्रवालको मृत्यु भएको छ । मंगलबार बिहान बाथरुममा खुट्टा चिप्लिएका कारण उनी बेहोस भएकी छिन् । उनको अस्पताल लैजादैं गर्दा मृत्यु भएको हो । उनकी छोरीले वाइएचएमको समूहलाई यसबारे जानकारी दिएकी हुन् । उनी ६२ वर्षकी थिइन् । चार दिनदेखि बिरामीः रिपोर्टका अनुसार निरु पछिल्लो चार दिनदेखि...
असोज १७, चितवन । अवैध रुपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा लिएको छ । कयर खोलाबाट मङ्गलबार अवैध रुपमा गिट्टी निकासी गरिरहेको अवस्थामा तीन ट्याक्टर र व्यक्तिको जग्गाबाट बिना अनुमति माटो बोकिरहेको अवस्थामा चार ट्याक्टर नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार दीपेश इँटा उद्योगले अनुमतिविना माटो निकालेर...
असोज १७, बेँसीशहर । मध्यनेपाल नगरपालिका–५ समिभञ्याङकी एक महिलाले ५५ वर्षमा नागरिकता प्राप्त गर्नुभएको छ । सानैमा विवाह गर्नुभएकी गुनाकुमारी गुरुङले मङ्गलबार जिल्ला प्रशासन कार्यालयल मजुङबाट नेपाली नागरिकता लिनुभएको हो । दुई सन्तानकी आमा गुरुङ नागरिकताका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउँदै आउनु भएको थियो । “बुबाले पटक–पटक नागरिकता बनाइदिन्छु भन्दा पनि पाउन सकेकी थिइनँ, आज बल्ल पाएँ”,...