तत्कालीन किष्ट बैंकका प्रमुख ज्ञवाली पक्राउ

82

असोज १९,
काठमाडौं । तत्कालिन किष्ट बैंकका प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् । अपराध अनुसन्धान महाशाखा काठमाडौंको टोलीले ज्ञवालीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरेको महाशाखा प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले ज्ञवालीविरुद्ध १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि उनी फरार भएका थिए । प्रहरीका अनुसार ज्ञवालीलाई महेन्द्रनगरबाट काठमाडौं ल्याइसकिएको छ । आज नै उनलाई अदालतमा उपस्थित गराइने प्रहरीले जानकारी दिएको छ ।