सत्ता पक्षबाट नै प्रहरी प्रमुखको राजीनामा माग

89

असोज १८,
काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यापछि प्रहरी संगठनमा जनताले गर्ने विश्वास गर्ने कम हुदैं गएको छ । उक्त घटनामा संलग्नलाई काबारहीको लागि दवाव दिन दैनिक जसो सिंहदरबार अगाडि धर्ना र प्रर्दशन भइरहेको छ । धर्नामा बसेका हरुले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टले प्रमाण नष्ट गर्न भूमिका खेलेकाले कारबाही गर्न माग गरेका थिए भने गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख सर्वेन्द्र खनालको पनि राजीनामा माग गरेका छन् । कञ्चनपुरकी निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बर्खास्तीको माग गर्दै सत्तारुढ दलकै विद्यार्थी संगठनका नेताहरुले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । विद्यार्थी नेताहरुले प्रहरी महानिरीक्षकको राजीनामा माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।पन्तको साउन १० गते बलात्कार पछि हत्या भएको थियो । बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको लागि निरन्तर दवावमूलक कार्यक्रमहरु गरिँदै आएपनि हालसम्म दोषी पत्ता लाग्न सकेको छैन ।