Monday, September 21, 2026
Home प्रदेश मण्डन उपत्यकामा नेकपाको एकलौटी, काङ्ग्रेस द्धारा आपत्ति

मण्डन उपत्यकामा नेकपाको एकलौटी, काङ्ग्रेस द्धारा आपत्ति

310

असोज १७,
काभ्रे । मण्डन उपत्यका सामाजिक उत्थान समाजमा सहमति बिपरित नेकपाले एकलौटी कब्जा गरेको छ।जसमा नेपाली काङ्ग्रेसले गम्भीर असहमति जनाउदै समाजको कार्यालयमा तालाबन्दी गरेको छ। २०६५ सालमा मेलम्ची खानेपानी प्रभावित काभ्रेका पाँच गाबिस समेटेर समाजको स्थापना कालदेखि नै राजनीति सहमतिको आधारमा नेतृत् तथा कार्यसमिति चयन गर्ने प्रचलन थियोे । २०७४ चैत २८ गते तत्कालीन संचालक समितिका पदाधिकारी एब राजनीतिक संवाद समितिका प्रतिनिधि बिच गाउँ सामुदायिक समिति र केन्द्रिय समितिको तत्कालीन तीन पार्टी लाई कोटा निर्धारण गरि सहमतिमा समिति बनाउने निर्णय भएको थियो । तर गाउँ स्तरमा सहमति अनुसार नै भए पनि केन्द्रिय समितिमा भने छापामार सैलिमा गत सनिवार भएको साधारण सभाको बैधानिकताको प्रस्न उठाउदै नेपाली काङ्ग्रेस मण्डनदेउपुर समितिले आइतबारदेखि तालाबन्दी गरेको जनाएको छ।