माघ ७,
शालीनदी । शङ्करापुर नगरपालीकामा अवस्थित धार्मीक शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मीक मेला आज सोमबारदेखि सुरु भएको छ । पौषशुल्क पुर्णीमा तिथीदेखी सुरु हुने यो मेला एक महिलासम्म संञ्चालन हुने गर्दछ । प्रत्येक वर्ष माधवनारायणको मुर्ती शालीनदीमा ल्याएर मेला सुरु हुने परम्परा रहेको छ ।
आज बिहान सबेरै देखि दशानाथीहरुको बाक्लो उपस्थिती मन्दिर वरपर...
माघ ६,
काठमाडौं । कला भन्ने विषय मानिसले जन्मदै लिएर आएको हुन्छ भन्ने कुरा एक युवाले पुष्टी गरेका छन् । कैलाली जिल्लाको धनगढीमा बसोबास गर्दै आएका राजेन्द्र भट्टले ७ वर्षको उमेरदेखिनै विभिन्न व्यक्तिहरुको स्केच बनाउदैं आएको बताए । अहिले उनी १८ वर्षको भए । हाल कम्प्युटर विज्ञान दिएर अध्ययन गर्दै गरेका उनले भविष्यमा सबैको साथ पाएका स्केच कलालाई अझैं राम्रो...
टोकियो,
विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो ।गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा जेठो व्यक्ति हुनुभएको थियो ।...
काठमाडौँ, ६ माघ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गौला रोगको निःशुल्क उपचार सेवा (डायलाइसिस) विभिन्न १६ जिल्लामा विस्तार गर्ने भएको छ ।डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याजा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा सुरु हुन लागेको हो । हाल मन्त्रालयले मिर्गौला रोगका बिरामीलाई उपचारसेवा गरेवापत रु चार हजार, प्रत्यारोपणका लागि रु चार लाख,...
काठमाडौँ, ६ माघ
धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव ६० विन्दुले घटेर एक हजार १७९ दशमलव १७ विन्दुमा झरेको छ ।यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६३ विन्दुले घटेर २४९ दशमलव ३८ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १४३ कम्पनीका ११...
माघ ६, २०७५ काठमाडौं
आवासिय चिकित्सकको संस्था नेशनल रेसिडेन्ट डाक्टर्स एशोसिएसन १२ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको माग यथाशिर्घ पूरा गर्न सरकारसमक्ष आग्रह गरेको छ। समयमा नै डा केसीको माग सम्बोधन नभए संघ कडा आन्दोलनसहित अगाडि आउने चेतावनीसमेत दिएको छ। केसी अनशनको १२ औ दिन संघका अध्यक्ष डा। सुमित पाण्डे र सचिव डा। विश्वराज तिमल्सिनद्वारा संयुक्त रूपमा हस्ताक्षर गरी...
दमौली, ६ माघ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताउनुभएको छ।नेपाली काङ्ग्रेस तनहुँ कार्यलयले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा हाँले अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिनुभयो ।विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै पूर्व प्रधानमन्त्री तथा सभापति देउवाले केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्न सकिने तर विधि...
-सेमन्त जर्घा मगरसल्बलाए हातहरु कम्प हुने हो कि ?
टल्पलाए आँखाहरु बर्षा हुने हो कि ?
भेट नभको धेरै भयो बिछोड हुने हो कि ?मुटु मेरो छिया भयो आँखाभरि आँशु
बिरहले छाती पोल्दा कसो गरि हाँसु ?
यहि मनले कुरी बसे सयौ दिन गनि
हृदयका महलहरु भत्केलान कि भनि
भेट नभको धेरै भयो बिछोड हुन हो कि?पानी खानु मिठो भन्छन मनको पँधेरीमा
तिमी बिना जीवन मेरो...
काठमाडौँ, ६ माघ
नागरिकका गुनासो सुन्न प्रहरी परिसर काठमाडौँले ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ । झण्डै रु १९ लाख ५० हजारको लागतमा निर्माण गरिएको सहायता कक्षको आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गर्नुभयो । समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार स्थापना भएको सहायता कक्षबाट नागरिकहरूले महसुस गर्ने गरी सेवा उपलब्ध गराउन महानिरीक्षक खनालले प्रहरी अधिकारीहरूलाई निर्देशन दिनुभयो ।अधिकांश स्थानीय तहमा...
काठमाडौँ, ६ माघ
खानी तथा भू–गर्भ विभागले चार जिल्लाको भौगर्भिक नक्साङ्कन लिने काम शुरु गरेको छ । भू–वैज्ञानिक अध्ययन एवं अनुसन्धान गरी देशको भौगर्भिक तथ्यसम्बन्धी ज्ञान प्राप्त गर्ने उद्देश्यले स्थापना भएको विभागले धादिङ, गोरखा, तनहुँ र चितवनको भौगर्भिक अध्ययन लिने काम शुरु गरेको हो । उक्त क्षेत्र भूकम्प धेरै जाने जिल्लामा समेत पर्ने गर्दछन् ।विभागका प्रवक्ता कृष्णदेव झाले...



