काठमाडौँ, ६ माघ
काठमाडौँ उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौँको नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने देखिएको हो । कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री उपत्यकामा एउटा व्यक्ति पूर्णरूपमा सुरक्षित रहन...
माघ ६, काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओली आज स्विजरल्यान्ड जाँदैछन् । स्विजरल्यान्डको डाबोसमा हुन गइरहेको वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले जनवरी २२–२५ सम्म हुने सम्मेलनमा सहभागिताका लागि ओली आज त्यसतर्फ जान लागेको बताएको छ ।टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार...
माघ ६,
धनगढी । कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताउनुभयो । मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले दुई समूहबीच खुकुरी वा चक्कु हानाहान भएको हुनसक्ने जनाइएको छ...
समाचारपत्र दैनिक
माघ ६, काठमाडौं । यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेको छ । सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर गरिएको छ । विगतमा अञ्चलको नाममा रहेका मोटरसाइकल अब प्रदेशको नामका आधारमा रहनेछन् । जुनसुकै अञ्चलमा दर्ता भए पनि सुरुमा अञ्चलको अगाडिको अक्षरसहित...
-यमुना पराजुली अधिकारी,“ यो पटक पनि पहिलो प्रमाणपत्र त मेरै हो ।” सुजिताले अलि सेटर हान्दै सरला तिर डेडा डेडा आँखाले हेर्दै भनिन् । सरला भने उन्को कुरालाई सुनेर पनि नसुनेको जस्तो गरिदिन्छिन् ।
यो जाडोमा स्काउटको तालिम दिलाउन तिन दिनको लागि सुन्दरीजलमा “विन्टर क्याम्प” लाने भयो स्कुलले । जस्मा कक्षा सात र आठका बिध्यार्थीहरु सामेल थिए । क्याम्पमा स्काउटका...
माघ ५,
घोराही । बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले उक्त व्यक्तिसँग पुनः विवाह पनि गरिन् । विवाहपछि ऋण लाग्यो, पैसा कमाउन जाउँ भन्दै पत्नीलाई लिएर उनी भारततर्फ लागे । नेपालगञ्जको बाटो रिक्सामा चढेर जाँदै गर्दा एक भारतीय महिलाले...
माघ ५,
तौलिहवा । शिवराज नगरपालिकाको चन्द्रौटामा प्रहरीले जङ्गली बँदेलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–३ बस्ने शिवप्रसाद चौधरी र वडा नं ४ का सहदेव चौधरी रहेको आज इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । परीक्षणका क्रममा शिवराज नपा–३ समितिचोकबाट लु ३१ प ५०९८ नं को मोटरसाइकलमा मृत बँदेल ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो...
माघ ५,
काठमाडौँ । पर्याप्त सम्भावना भए पनि उत्पादन हुन नसक्दा चालु आर्थिक वर्षको पहिलो पाँच महीनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ । भन्सार विभागले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आयात विवरणमा पाँच महीनामा करीब रु ८५ करोड ५६ लाख दुई हजार मूल्य बराबरको हाडरहित मासु, माछा, घुङ्गी आयात भएको उल्लेख...
माघ ५,
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व महासमिति सदस्य भक्तध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज शोक विज्ञप्ति जारी सभापति देउवाले स्वर्गीय प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभएको छ । ‘‘उहाँको निधनप्रति नेपाली काङ्ग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै...
माघ ५,
भक्तपुर । संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संञ्चार जगतले सत्य र तथ्यमा आधारित भएर पत्रकारिता गर्नु पर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २१ औं साधारण सभा तथा पत्रकार सम्मान कार्यक्रको उद्घाटनमा बोल्दै मन्त्री बाँस्कोटाले भने ‘तपाँईहरुले लेखेको र देखाएको समाचारले जनतामा भ्रम पैदा हुनु भएन ।’
सरकार पत्रकार जगतको हकहितको लागि सवैद...



