Sunday, October 11, 2026
Home साहित्य गीतः सल्बलाए हातहरु

गीतः सल्बलाए हातहरु

157

-सेमन्त जर्घा मगर

सल्बलाए हातहरु कम्प हुने हो कि  ?
टल्पलाए आँखाहरु बर्षा हुने हो कि ?
भेट नभको धेरै भयो बिछोड हुने हो कि ?

मुटु मेरो छिया भयो आँखाभरि आँशु
बिरहले छाती पोल्दा कसो गरि हाँसु ?
यहि मनले कुरी बसे सयौ दिन गनि
हृदयका महलहरु भत्केलान कि भनि
भेट नभको धेरै भयो बिछोड हुन हो कि?

पानी खानु मिठो भन्छन मनको पँधेरीमा
तिमी बिना जीवन मेरो हुन्छ अधेरीमा
माया पनि राम्रो थियो नयाँ थियो जब
दुइ चार दिन टाढा हुँदा बिछोड भयो अब