रौतहट, ७ माघ
रौतहटको सदरमुकाम गौर नगरपालिका निर्माणसंगैं भत्किने कार्य सुरु भएको पाईएको छ ।
अरबौंको लगानीमा निर्माण भई रहेको गौर नगर स्मार्टसिटीमा प्रयोग हुने सामग्रीहरुको गुणस्तरहिनता बढे पछि निर्माण गरिएका नालाहरु ठाउ ठाउमा भत्किन थालेको सजिलै देख्न सकिन्छ । परिधी र आवश्यकता भन्दा बढी उचाई तथा दिएर कमशल सामग्री प्रयोग गरि बनाईको नालाहरु स्मार्टसिटी निर्माणको कार्य सम्पन्न अगावैं भत्किन थाले...
भक्तपुर, ७ माघ भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएको एक महीने माधवनारायण व्रत एवं मेला आजदेखि शुरु भएको छ ।हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना लाग्ने माधवनारायण मेला आज बिहान त्रिवेणी घाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु भएको माधवनारायण व्रत व्यवस्थापन समितिका सदस्य एवं पूजारी गोपाल शर्माले जानकारी...
रौतहट, ७ माघ ।
रौतहटको सदरमुकाम भन्दा पूर्वमा रहेको राजदेवी नगरपालिकामा भएको भ्रष्टाचारको पोल खुल्न थालेको छ ।
आर्थिक वर्ष समापनसंगै नगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत पाए पछि गतवर्षमा गरिएको कार्यहरुमा भएको भ्रष्टाचारको पोल खुल्न थालेको हो ।
काम भन्दा बढि प्राविधिक विल निर्माण देखि गुणस्तरहिन सामग्रीहरुको भुक्तानी समेत नगरप्रमुख धिरेन्द्र कुमार सिंहको आदेशमा भएको रहस्य बाहिरीन थालेको छ ।
रौतहट सदरमुकाम गौरमा...
काठमाडौँ, ७ माघ
नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ ।कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिनुभयो ।“रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका कारण मृत्यु भएको हो”, उहाँले भन्नुभयो । कारागार...
काठमाडौँ, ७ माघ
थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ ।एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’मा परेको नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको हो ।कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग आगामी मार्च २२ पहिलो खेल खेल्नेछ । छनोटको कठिन...
सुर्खेत, ७ माघ
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार ध्वाँसे चितुवाको एक र चितुवाको छालासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले चितुवा तथा ध्वाँसे चितुवाको छालासहित युवकलाई पक्राउ गरेको हो । ५ नं प्रदेशको अपराध अनुसन्धान समूहको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेत र सो अपराध अनुसन्धान समूहको संयुक्त टोलीले कर्णाली राजमार्गअन्तर्गत वीरेन्द्रनगर नगरपालिका–३ ऐरी चोकस्थित सडकमा हिँडिरहेको...
माघ ७, काठमाडौं
सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने तयारी गरेको छ। अनशनरत डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताविपरीत संसदीय समितिले पारित गरेको विधेयक सोमबार संसदबाट पारित गर्न लागिएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको असहमतिका बाबजदुद संसद्को शिक्षा तथा स्वास्थ्य समितिले बहुमतबाट विधेयक पारित गरेको थियो। सोमबार मध्याह्न १२ बजे बस्ने प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा...
नयाँ पत्रिका /कृष्ण कट्टेल
माघ ७, काठमाडौं । संघीय संसद् सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन् । सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजारसम्म उपचार खर्च दिएको पाइएको छ भने सबैभन्दा कम एक हजार ६ सय ५० रुपैयाँको बिल भुक्तानी सचिवालयबाट भएको छ ।सांसदहरूमध्ये धेरैजसो ब्लडप्रेसर र सुगरको बिरामी भेटिएका...
समाचारपत्र
माघ ७, काठमाडौ। लामो समयदेखि बढुवाकोलागि ऐन बाधक भएपछि मन्त्रिपरिषदको हालैको बैठकले ऐन संसोधन गरेपछि बढुवाकालागि अहिले दौडधुप चर्को रुपमा बढेको छ । गृह मन्त्रालयले कानुनी अड्चन फुकेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाईल तयार पार्ने क्रमलाई तीव्रता दिएसंगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनु भन्दापनि नेताकोमा धाउन शुरु गरेका छन ।अहिले नेपाल प्रहरीमा डिआईजी १,...
समाचारपत्र
माघ ७, स्पेन । स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि उहाँ सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बस्नुभएको छ । मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उहाँलाई नेपाल फिर्ता बोलाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावासलाई पत्राचार गरेकोमा रायमाझीले परराष्ट्रको निर्देशनलाई अवज्ञा गर्नुभएको छ...


