Saturday, September 26, 2026
Home स्वास्थ्य डा .केसीलाई आवासीय चिकित्सकको साथ, हातमा कालोपट्टी बाँधेर काममा

डा .केसीलाई आवासीय चिकित्सकको साथ, हातमा कालोपट्टी बाँधेर काममा

157

माघ ६, २०७५ काठमाडौं
आवासिय चिकित्सकको संस्था नेशनल रेसिडेन्ट डाक्टर्स एशोसिएसन १२ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको माग यथाशिर्घ पूरा गर्न सरकारसमक्ष आग्रह गरेको छ। समयमा नै डा केसीको माग सम्बोधन नभए संघ कडा आन्दोलनसहित अगाडि आउने चेतावनीसमेत दिएको छ। केसी अनशनको १२ औ दिन संघका अध्यक्ष डा। सुमित पाण्डे र सचिव डा। विश्वराज तिमल्सिनद्वारा संयुक्त रूपमा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा आइतबारदेखि सरकारको निर्मम लापरवाही कदमको विरोधस्वरूप कालोपट्टी बाँधेर काम गरिने र चाढै माग सम्बोधन नभए आफूहरू कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने बताएको छ। त्यसैगरी उनीहरूले त्रिवि शिक्षण अस्पताल परिसमा डाकेसीको समर्थनमा प्रदर्शन गर्ने घोषणासमेत गरेका छन्। संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, प्रतिबद्धता भएर पनि कुनै पनि ठोस कार्य नभएको अवस्थामा फेरि पनि सरकारले सीमित मानिसको स्वर्थ पूरा हुने हेतुले विज्ञले दिएको सुझाबविपरीत नयाँ विधेयक ल्याउन खोजेको एनआरडिएको ठहर छ। हाल शिक्षण अस्पतालमा करीब २०० आवासीय चिकित्सकहरूले काम गर्दै आएका छन्।- थाहाखबर