घोराही, १० माघ
जिल्ला प्रशासन कार्यालय दाङले बिरामीको उपचार नगरी आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकलाई कारवाही गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आदेश दिएको छ । जिप्रकाको आदेशपछि प्रतिष्ठानले पनि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिश गरेको छ ।गत माघ ३ र ४ गते प्रतिष्ठानमा कार्यरत चिकित्सकले बहिरङ्ग सेवा नदिई कर्तव्य पूरा नगरेकाले वरिष्ठ फिजिसियन डा जीतनारायण यादव, अर्थोपेडिक डा ओमप्रसाद अर्याल, एनेस्थेसियोजिस्ट...
गोरखा, १० माघ
बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रका प्रभावितलाई रु १९ अर्बभन्दा बढी मुअब्जा रकम वितरण गरिसकेको छ ।आयोजनाले मुआब्जा वितरण शुरु गरेदेखि हालसम्म गोरखा र धादिङका प्रभावितलाई उक्त रकम मुआब्जा वितरण गरेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाईका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो ।चालू आवमा मात्रै चार अर्बभन्दा बढी रकम मुअब्जा वितरण गरिसकिएको उहाँले बताउनुभयो । आयोजना प्रमुख कार्कीले मुआब्जा...
काठमाडौँ, १० माघ
बाबुको पत्ता नलाग्दा वा वास्तविक बाबुले मेरो सन्तान हो भनेर स्वीकार नगर्दा वादी समुदायका धेरै युवा नागरिकताविहीन बनेका छन् । सो समुदायबारे छुट्टै अध्ययन नभएकाले सङ्ख्या यकिन नभए पनि नागरिकताविहीन युवाको सङ्ख्या बढ्दै गएको वादी समुदाय उत्थान समितिले जनाएको छ ।नेपालको संविधानको धारा ११(५) मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको...
जुम्ला, १० माघ
सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ भने उहाँका दाजु बाँचे बुढाको अचेत अवस्थामा उद्धार गरिएको छ ।डाँफे लेकको बाटो हिँड्दै गरेका दाजुभाइ हिमपातका कारण चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि भाइ शिवचन्द्रको बाटोमै मृत्यु भएको थियो । मङ्गलबार साँझ बेपत्ता दाजुको उद्धार गरिए पनि मृतक भाइको लास बुधबार मध्याह्न १२ बजे मात्रै...
माघ १०, काठमाडौं
१६ औँ अनशनको १६ औँ दिन अनशनस्थल शिक्षण अस्पतालबाट गोविन्द केसीले आफूसँग भएका सहमतिअनुसार नै चिकित्सा शिक्षा विधेयक पारित गर्न सांसदहरूलाई आग्रह गर्दै भावुक बनेर एक पत्र लेखेका छन्। उनको पत्र जस्ताको त्यस्तैमाननीय प्रतिनिधिसभा सदस्यज्यूहरू,१६औं पटकको सत्याग्रहको १६औं दिनमा त्रिवि शिक्षण अस्पतालवाट तपाईहरूलाई यो पत्र लेखिरहेको छु। यतिवेला मैले २०६९ असार २१ को पहिलो अनसन सम्झिरहेको छु।...
काठमाडौँ, १० माघप्रजातन्त्र स्थापनाका लागि जीवन आहूति दिने शहीदको स्मरणमा आजदेखि शहीद सप्ताह शुरु भएको छ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।सप्ताहको पहिलो दिन आज शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकुस्थित पचलीमा उहाँलाई आज स्मरण गरिएको छ । उक्त स्थानलाई विसं २०३५ मा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी...
काठमाडौँ, १० माघ
वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज ८१ वर्षको उमेरमा निधन भएको छ ।मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित उहाँको कलङ्कीस्थित नेशनल अस्पतालमा आज बिहान निधन भएको हो । शर्माका समालोचनाका साथै नाटक, कथा, कविता, उपन्यास, भाषाशास्त्र आदि विषयमा प्रशस्तै कृति प्रकाशित छन् । उच्च शिक्षाको नेपाली विषयमा शर्माका कृतिहरूको अध्ययन गरिन्छ । उहाँको जन्म विसं १९९४ कात्तिकमा...
सुर्खेत, १० माघ
कर्णाली प्रदेश सरकारले प्रदेश अनुसन्धान व्यूरोसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको ३४ औँ मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा उक्त विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।यसैगरी बैठकले समाजिक विकास मन्त्रालयको प्रस्तावमा ‘स्वयंसेवक परिचालनसम्बन्धी बनेको...
काठमाडौँ, १० माघ
तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता प्रदान गरेको छ ।आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रतियोगितालाई आइसिसीले मान्यता दिएको जनाएको हो । “प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता पाएको जानकारी गराउँदछौँ”, एकेडेमीका अध्यक्ष सुवास शाहीले भन्नुभयो । आइसिसीको मान्यतापछि डिपिएलका लागि अन्तर्राष्ट्रिय खेलाडी ल्याउन बाटो खुलेको छ । आइसिसीको मान्यताबिना प्रतयोगितामा विदेशी...
माघ १०, काठमाडौँ
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम् सांसद मिन विश्वकर्माले अनशनरत डाक्टर गोविन्द केसीको माग नबदलिएको तर योगेश भट्टराईको स्वार्थ बदलिएको आरोप लगाएका छन् ।
उनले भने,‘गोविन्द केसीका माग ठीक छन भनेर सबैभन्दा पहिले हस्ताक्षर गर्नेपनि योगेश भट्टराई नै हो । रवीन्द्र अधिकारी र उहाँ हो नि पहिलो हस्ताक्षरकर्ता । त्यसपछि गगन...

