माघ १४, विराटनगर
टिपरको ठक्करबाट वालिकाको मृत्यू भएपछि मोरङको सुन्दरहरैंचा नगरपालिका–९ तनावग्रस्त बनेको छ। लापरवाहीका कारण टिपर आतंक बढेको भन्दै स्थानीय बासिन्दाले स्थानीयले ६ वटा टिपरमा आगजनी गरेका छन्। सोमबार विहान बिराटचौकबाट सुनदर हरैंचातर्फ गइरहेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सुन्दरहरैंचा–९ की ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको थियो। बाटो कट्दै गरेकी बालिकाको टिपरको ठक्करका कारण घटनास्थलमै...
काठमाडौँ, १४ माघ
राष्ट्रियसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ लाई टेबल गर्नुभयो ।आजको दोस्रो बैठक शुरु हुनेबित्तिकै नेपाली काङ्ग्रेसका सांसदहरु आ–आफ्ना स्थानबाट उठी बैठकलाई अवरोध गर्नुभएको थियो । अवरोधका बीचमा नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आजको शून्य, विशेष समय नहुने र दैनिक कार्यसूचीबाट विभिन्न बुँदा हटाएको जानकारी दिनुभयो ।यसपछि नेपाली...
१४ माघ, काठमाडौँ
नेपाल गुम्बा विहार महासंघले साष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीलाई भुकम्पले क्षतिग्रस्त भएका गुम्बा विहारको पुर्ननिर्माणमा स्थानीय तह र उपभोक्ता समितिले ५० प्रतिसत रकम ब्यहोर्न नसक्ने बेहोरा सहितको ७ बुँदे माग सहित आईतबार ज्ञापनपत्र बुझाएको छ ।
महासंघको प्रतिनिधिमण्डलले कार्यकारी निर्देशक ज्ञवालीलाई सिंहदरवारस्थित प्राधिकरणको कार्यालयमा भेट गरी गत असोज २५ गते प्राधिकरणले गरिएको निर्णय बारे स्थानीय निकायले...
काठमाडौं, माघ १४चिकित्सा शिक्षा सुधारको माग राखेर १६ औं पटक आमरण अनसनरत डाक्टर गोविन्द केसीको माग पूरा गर्न दबाब दिन नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकहरू सामूहिक अनसनमा बसेका छन्।महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सोमबार चिकित्सकहरूले सामूहिक रिले अनसन सुरू गरेको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए।चिकित्सक संघले सरकारले केसीले राखेका मागहरू पूरा नगरेसम्म हरेक दिन बिहान १०...
माघ १४,काठमाडौँ
नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँगको तेस्रो एकदिवसीय खेलमा टस जितेर बलिङ रोजेको छ । शृंखला ११ को बराबरीमा रहेको छ ।नेपालले पहिलो खेलमा ११३ रन मात्रै बनाउन सकेपछि ३ विकेटको पराजय भोगेको थियो ।दोस्रो खेलमा नेपालले २४२ रन बनाउँदै १४५ रनको प्रभावशाली विजय हात पारेको थियो ।आज हुने खेल विजय हात पारेमा नेपालले शृंखला...
माघ १४, काठमाडौँ
मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले असंख्य गम्भीर त्रुटि गरेको औंल्याएको छ । आयोगले प्रहरीका डीएनए विज्ञहरूमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।आयोगले तीन महिना लगाएर गरेको अनुसन्धानको विवरणसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखी घटनाका सम्बन्धमा चारवटा सिफारिस र २४ वटा निर्देशन दिएको छ । अनुसन्धान क्रममा प्रहरीबाट...
माघ १४, काठमाडौँ
प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद प्रतिनिधिसभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सोमबार राष्ट्रियसभामा पेश हुने भएको छ। विधयकलाई लिएर सदन र सडकमा विरोध भइरहेका बेला सरकारले राष्ट्रिय सभामा विधेयक पेश गर्ने तयारी गरेको हो।प्रतिनिधि सभाबाट पारित विधेयक राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले बैठकमा टेबल गर्न लागेका हुन्। प्रतिनिधिसभाबाट पारित विधेयक सचिवले बैठकमा टेबल गर्ने...
१४, सुर्खेत
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) चार लाख घुससहित नेपालगञ्जमा पक्राउ परेका छन्। अख्तियारको विशेष अनुसन्धान टोली सुर्खेतमा कार्यरत असइ जन्मदेव जैसी अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आइतवार साँझ नेपालगन्जबाट चार लाख घुस सहित रंगेहात पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले नेपालगञ्जबाट समातेको...
माघ १४,
घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् । नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशुचौपायालाई खानाका लागि आहार र पिउनका लागि पानी र बसोबासको उचित व्यवस्था नहुँदा मर्दै गएको हेरालु लालसिङ धाँमीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँ गाईबस्तुलाई पिउने पानी नभएको,...
माघ १४
काठमाडौं । सामान्यतया हामी अरूको खुसीमा सामेल हुँदा वा कसैलाई प्रोत्साहित गर्नुपर्दा ताली बजाउने गर्छौं । यसरी ताली बजाउनुलाई सामान्य रूपमा लिने गरिन्छ । यद्यपि, नियमित ताली बजाउनु स्वास्थ्यका लागि लाभदायी छ भन्ने वैज्ञानिकहरूले पुष्टि गरेका छन् ।
मुटु, दम, फोक्सो र ग्यास्ट्रिकको समस्या, टाउको दुख्ने तथा बेचैन हुनेजस्ता समस्याबाट राहत महसुस गर्न ताली बजाउन आवश्यक छ ।...

