Tuesday, June 30, 2026
Home Blog Page 1778
फागुन ९, काठमाडौँ -हिमाली जिल्ला हुम्लामा बिहीबार फेरि हिमपात भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन सुरू भएको हुम्लामा पुष महीनाको मध्यदेखि फागुनसम्म निरन्तर हिमपात भइरहँदा यहाँको जनजीवन प्रभावित भएको छ ।उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा भारी हिमपातले गर्दा नाम्खा गाउँपालिकामा रहेको नमस्ते टेलिफोन टावर बिग्रीएको एक महीनादेखि मर्मत नहुँदा...
फागुन ९, काठमाडौं - नेकपाले पार्टी एकतासम्बन्धी विवादास्पद विषयलाई अझै टुंगोमा पुर्‍याउन सकेको छैन। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकमा कार्यदलले एकताको प्रतिवेदन तयार गर्न नसेकपछि अझै एक साताको समय माग गरेको छ। सचिवालय र कार्यदलको संयुक्त बैठकमा कार्यदलले पार्टी एकताको प्रतिवेदन तयार पार्न थप एक समय माग गरेको हो। यसअघि तोकिएको समयमा कार्यदलले एकता प्रतिवेदन तयार गर्न...
एजेन्सी फागुन ९,ढाका- बंगलादेशमा अश्लील सामग्री राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ । अश्लीलताविरुद्धको अभियानका क्रममा ती साइट बन्द गरिएको उच्च अधिकारीले मंगलवार बताएका छन् ।मुस्लिम समुदायको बाहुल्य रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्री पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो । ‘मैले बंगलादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन चाहन्छु, बालबालिकाका लागि...
फागुन ९, गोदावरी-खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन ।हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी । उक्त अवसर छोप्दै चलचित्र अभिनेता नाजिर हुसेनले केही दिन अघि गोदावरीमा साहसिक खेल (प्याराग्लाइडिङ) को मजा लिनुभयो ।कुनै पनि चलचित्रमा आकाशबाट अभिनय नगरेका हुसेनले...
फागुन ९ काठमाडौं -बैंककमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग ५७ रनको फराकिलो अन्तरले पराजित भएको छ। खराब सुरूवात गरेको नेपालले २ रनमा २ विकेट गुमाएको थियो। थाइल्याण्डले दिएको १२५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो। नेपालका लागि इन्दु बर्माले २९, सीता...
नयाँ पत्रिका फाल्गुण ९, काठमाडौं -कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीले आपूर्ति ठप्प पार्ने गरी हड्तालका कार्यक्रम घोषणा गरेका छन् । ६ वर्षदेखि उस्तै रहेको कमिसनदर बढाउन दबाब दिने उद्देश्यले हड्तालका कार्यक्रम सार्वजनिक गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।संघले १६ फागुनसम्म उद्योगीले पाउँदै आएको कमिसनदरमा वृद्धि नगरे १७ फागुनबाट ग्यास खरिद नगर्ने जनाएको छ । त्यस्तै,...
नयाँ पत्रिका बिहीबार ९, काठमाडौँ-प्यूठानका एक अल्पदृष्टि विद्यार्थी गौरभ गन्दर्भ एक सातादेखि सम्पर्कविहीन भएका छन् । महेन्द्र माध्यमिक विद्यालय खलंगा प्यूठानमा दृष्टिविहीन श्रोत कक्षाअन्तरगत कक्षा ९ मा अध्ययनरत गौरभ फागुन २ गतेदेखि विद्यालयको छात्राबासबाटै हराएका हुन् । ऐरावती गाउँपालिका वडा नं। ५ सिन्दुरेडाँडाका १६ वर्षीय गन्दर्भको खोजी गरिदिन अभिभावकले आग्रह गरेका छन् । ‘विद्यालय र परिवार मिलेर आफन्त, इष्टमित्र सबै...
फागुन ९ काठमाडौँ -पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पहिलोपटक नेपाली राष्ट्रिय पोशाक दौरा-सुरुवालमा देखिएका छन् ।उनले ६४ वर्षको उमेरमा पहिलो पटक दौरा सुरूवाल र ढाका टोपी लगाएका छन्। नयाँ शक्ती पार्टीले पुर्व मेचीदेखी पश्चिम महाकालीसम्मको लोकराजमार्ग हुँदै गरिरहेको जनसंवाद कार्यक्रमका क्रममा जाजरकोट पुगेका डा। भट्टराईले दौरा सुरूवाल, कोट र ढाकाटोपी लगाएका हुन्।नयाँ शक्तीकी नेतृ तथा...
फागुन ९, काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टीको विधानमा विवाद रहेका विषयहरुमा छलफल गर्ने कार्यक्रम छ। पार्टीको महाधिवेशनका लागि समावेशी समानुपातिक कोटाबाट छनोट हुने व्यक्ति एक पटक भन्दा नदोहोर‍र्‍याउने र प्रतिनिधिहरु वडाबाटै छनोट भएर आउने विषयमा जारी विवादबारे बैठकमा छलफल हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले...
फागुन ९, दिक्तेल (मुढेब्यारेक)- प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिनुभएको छ । यहाँ तैनाथ बहादुर श्रीशेरगणको निरीक्षणका क्रममा उहाँले नेपाली सेनालाई सक्षम र प्रभावकारी सङ्गठन बनाउने सन्दर्भमा जारी भएको सात लक्ष्य र १५१ कार्यसहितको मार्गनिर्देशन कार्यान्वयन गर्ने विषयमा दायाँबायाँ नहुने दृढता व्यक्त गर्नुभयो...