Tuesday, June 30, 2026
Home Blog Page 1779
फागुन ९, काठमाडौँ- पार्टी एकीकरण टुंगोमा पुर्‍याउन प्रयासरत नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय र कार्यदलको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा एकता प्रक्रिया टुंगो लगाउन पटकपटक कार्यदल बनाई गृहकार्य गर्दासमेत प्रक्रिया लम्बिएपछि बैठक बसेर एकता प्रक्रिया टुंग्याउन लागिएको सचिवालय सदस्य वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक छलफल गरेर प्रक्रिया...
फागुन ९, काठमाडौँ -महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो ।प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक...
फागुन ८, काठमाडौं–प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीले विगतका अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने, संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक सच्याइनु पर्ने लगायतका माग राखेका छन् ।प्रेस विज्ञप्तीः आदरणीय पत्रकार मित्रहरु मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्र सस्तो सुलभ र गुणस्तरीय हुनुपर्छ साथै...
फागुन ८, पोखरा फागुनट्रेकिङ एजेन्ट्स एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखरा र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पदयात्रा पर्यटनलाई लक्षित गरी पोखरामा पोर्टर गाइड तालीम सञ्चालन गरिएको छ ।नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र गण्डकी प्रदेशस्थित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा सञ्चालित ६१ घण्टे तालीममा देशका विभिन्न जिल्लाबाट...
फागुन ८, काठमाडौँ साताको चौथो दिन नेप्से १२ दशमलव ७२ अङ्कले घटेर १११२ दशमलव २३ अङ्कमा बन्द भएको छ । कारोबार रकम १६ करोड ६१ लाख रुपैयाँ पुगेको छ । उत्पादनमूक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट छ । उत्पादनमूक क्षेत्रको परिसुचकमा ० दशमलव ४४ अंकको वृद्धि आएको छ । सबैभन्दा धेरै अपर तामाकोशिको ९३ लाख ५०...
फागुन ८, भक्तपुर- काभ्रेको नालाबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ७७ ४७ नं को टिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा आज दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्तको घटनास्थलमै मृत्यु भएको छ ।प्रहरीले टिपर र टिपर चालक विनोद तामाङलाई नियन्त्रणमा लिएको छ ।
फागुन ८, काठमाडौं । मुस्लिम आयोगको प्रस्तावित अध्यक्ष समिम अन्सारीले पेश गरेको नागरिकतासम्बन्धी कागजात नक्कली भएको पुष्टि भएको छ । अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी संसदीय सुनुवाई समितिमा परेको थियो । सुनुवाई समितिले संवैधानिक परिषद्लाई अन्सारीको सबै प्रमाणपत्र माग गरेको छ भने जिल्ला प्रशासन कार्यालयलाई नागरिकतासम्बन्धी सबै विवरण उपलब्ध गराउन भनेको छ । साथै निर्वाचन आयोगलाई...
फागुन ८, काठमाडौँ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू सोमपाल कामी,दीपेन्द्रसिंह ऐरी, करण केसी र ललित राजवंशी ‘टु एक्स क्रिकेट’ प्रतियोगिता खेल्न अमेरिका जाने भएका छन्।उनीहरू प्रतियोगितामा सोमपालले कप्तानी सम्हाल्ने नेपाली राइनोज टोलीबाट खेल्नेछन्। अहिलेसम्म सोमपालको अमेरिका जाने टुंगो भइसकेको छ भने धनगढी प्रिमियर लिगमा व्यस्त भएकाले बाँकी तीन जनाको भिसाको अन्तर्वार्ता हुन सकेको छैन। नेपाली राइनोज अमेरिकाको टेक्सासमा बस्ने पूर्वक्रिकेटर...
फागुन ८, काठमाडौँ प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाको आगामी तीन महीनाभित्र लेखा परीक्षण गराउन निर्देशन दिएको छ । समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा आज बसेको बैठकले बेरुजु फछ्र्योटमा कार्ययोजना बनाई कार्य सम्पन्न गर्न र समयमै सम्परीक्षण गराई सोको प्रगति मासिकरुपमा समितिमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।समितिले सङ्गठित संस्थाको आर्थिक कारोवार, सार्वजनिक खरीद...
फागुन ८ वीरगञ्ज -नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्गे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई कसैले मास्न नसक्ने बताउनुभएको छ । वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटल दियालो लर्डको आज उद्घाटन गर्दै सभापति देउवाले कुनै पनि हालतमा भए पनि लडेर प्रजातन्त्रको रक्षा गर्ने बताउनुभयो ।प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ को क्रान्ति वीरगञ्जबाटै शुरु भएकाले यसको रक्षा गर्न नेपाली...