दिउँसो १ बजे कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

64

फागुन ९,
काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टीको विधानमा विवाद रहेका विषयहरुमा छलफल गर्ने कार्यक्रम छ। पार्टीको महाधिवेशनका लागि समावेशी समानुपातिक कोटाबाट छनोट हुने व्यक्ति एक पटक भन्दा नदोहोर‍र्‍याउने र प्रतिनिधिहरु वडाबाटै छनोट भएर आउने विषयमा जारी विवादबारे बैठकमा छलफल हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। बैठकमा नेविसंघलगायतका भ्रातृ संगठनबारेको विवादमा पनि छलफल हुने पौडेले बताए। यसअघि गत फागुन १ गते बसेको बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले केन्द्रीय समितिको तर्फबाट महासमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव महासमितिबाट प्राप्त सुझावसहित परिमार्जन गरी पेश गरेका थिए।