Friday, October 2, 2026
Home समाज प्यूठानको महेन्द्र माविमा अध्ययनरत विद्यार्थी एक सातादेखि बेपत्ता

प्यूठानको महेन्द्र माविमा अध्ययनरत विद्यार्थी एक सातादेखि बेपत्ता

227

नयाँ पत्रिका
बिहीबार ९, काठमाडौँ-प्यूठानका एक अल्पदृष्टि विद्यार्थी गौरभ गन्दर्भ एक सातादेखि सम्पर्कविहीन भएका छन् । महेन्द्र माध्यमिक विद्यालय खलंगा प्यूठानमा दृष्टिविहीन श्रोत कक्षाअन्तरगत कक्षा ९ मा अध्ययनरत गौरभ फागुन २ गतेदेखि विद्यालयको छात्राबासबाटै हराएका हुन् । ऐरावती गाउँपालिका वडा नं। ५ सिन्दुरेडाँडाका १६ वर्षीय गन्दर्भको खोजी गरिदिन अभिभावकले आग्रह गरेका छन् । ‘विद्यालय र परिवार मिलेर आफन्त, इष्टमित्र सबै ठाउँमा खोजी गर्यौँ,’ गौरवका ठूलोबुवा सन्तले भने, ‘प्रहरीले पनि खोजी गरिरहेको भन्छ, तर एक साता बित्दा पनि अत्तोपत्तो छैन ।’ गौरभका बुवा कामका लागि भारतमा थिए । छोरा हराएको खबर पाएपछि उनी पनि गाउँ फर्किएका छन् ।

विद्यालयका प्रधानाध्यापक पिताम्बर पौडेलले गौरभले आफ्ना साथीहरुसँग कहिले अर्घाखाँची जान्छु, कहिले बुटवल जान्छु र कहिले बुवा भएको ठाउँ भारत जान्छु भन्ने गर्दथे । प्रधानाध्यापक पौडेल भन्छन्, ‘गौरभले साथीहरुलाई यो कुरा कसैलाई नभन्नू भनेका रहेछन्, अरु साथीहरु पूर्ण दृष्टिविहीन भएकाले डराउँदा रहेछन् ।’ बुटवल र अर्घाखाँचीमा आफन्तहरु भएपनि गौरभ त्यहाँ नपुगेको पारिवारिक सा्रेतले पुष्टी गरेको छ । विद्यालयले पनि सूचना निकालेर गौरभ गन्दर्भको खोजी गरिदिन सबैलाई अनुरोध गरेको छ । गौरभको खोजीकार्य जारी राखिएको प्यूठानका प्रहरी प्रमुख नायब उपरीक्षक निर्मल बुढाथोकीले बताएका छन् ।