कान्तिपुर दैनिक/घनश्याम खड्का
फागुन २ज्ञ, म्याग्दी — उपल्लो मुस्ताङको तिब्बत सीमावर्ती लोमन्थाङ र डालोमे गाउँपालिकाका चरन खर्कमा बाक्लो हिउँमा पुरिएर चौंरीगाई र भेडाच्यांग्रा मरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले क्षतिबारेको पूर्ण विवरण आउन बाँकी रहेको जनाएको छ । ‘लोमन्थाङ चौकीले पशु चौपाया हिउँमा पुरिएर मरेको पुष्टि गरेको छ । पूर्ण विवरण आउन केही दिन लाग्छ,’ मुस्ताङ प्रहरी प्रमुख डीएसपी महेन्द्र खडकाले...
नागरिक दैनिक/भुवन शर्मा
फागुन २१, काठमाडौं । प्रशासन कानुन मस्यौदामा एउटा बुँदा हटाउँदा एकैपटक करिब ५ हजार कर्मचारी ठूलो मर्कामा पर्ने भएका छन्। मर्कामा पर्ने कर्मचारीमध्ये धेरैजसोले संघीय निजामती सेवा ऐन २०४ लागू हुनुअघि नै राजीनामा गर्ने तयारी गरेका छन्। हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐन २०४९ मा निवृत्तीभरणसम्बन्धी व्यवस्था गरिएको एउटा बुँदा संसद्मा प्रस्तुत गरिएको संघीय निजामती सेवा ऐनको...
कान्तिपुर दैनिक
फागुन २१, लमजुङ र रुकुम पूर्व — मनाङमा फागुन १ मा नयाँ शैक्षिक सत्र सुरू भए पनि विद्यालय हिउाले ढाकिएकाले पठनपाठन हुन सकेको छैन । बाटामा हिउँ थुप्रिएपछि एस्काभेटरको सहायताले हटाउन थालिएको छ । उपल्लो मुस्ताङको लोमन्थाङ र डालोमेका चरन खर्कमा बाक्लो हिउँमा पुरिएर चौंरीगाई र भेडाच्यांग्रा मर्न थालेका छन् ।
विद्यालय खुलाउन मनाङको माथिल्लो भेग हिँडेका शिक्षक हिमपातले...
(नयाँ पत्रिका दैनिक) टेकराज थामी, कृष्ण रिजाल
फागुन २१, काठमाडौं । दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले प्रत्येक वर्ष झन्डै ४४ अर्ब रुपैयाँ हुन्डीमार्फत नेपाल पठाउने देखिएको छ । औपचारिक प्रणालीबाट कोरियाबाट नेपाल भित्रने रेमिट्यान्स र दक्षिण कोरियामा रहेका नेपालीको कुल कमाइलाई तुलना गर्दा त्यहाँबाट झन्डै आधा खर्ब रकम हुन्डीमार्फत नेपाल भित्रिने गरेको देखिएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दक्षिण कोरियाबाट आर्थिक...
-नेपाल समाचारपत्र,
फागुन २१, काठमाडौँ । सडक विभागले नागढुंगामा प्रस्तावित सुरुङमार्ग बनाउने निर्माण कम्पनी अझै छान्न सकेको छैन । विभिन्न ६ वटा कम्पनी यसका लागि छनौट चरणमा परेको ४ महिना बितिसक्दा समेत अहिलेसम्म छनोट हुन नसकेको हो ।
विभागले यसअघि निर्माण कम्पनी छनोट प्रक्रिया सन् २०१९ को जनवरीसम्म सम्पन्न गर्ने लक्ष्य तोकेको थियो । सुरुङमार्ग निर्माणका लागि कार्तिकमा ६ कम्पनीको...
नेपाल समाचारपत्र/ईश्वरराज ढकाल,
फागुन २१, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकलाई अवकास दिन करिब १० अर्ब रुपिया माग गरेको छ । शिक्षक सेवा आयोगको परीक्षामा एकपटक अवसर दिएका तीन तहका शिक्षकमध्ये अनुतिर्ण भएका शिक्षकलाई सुविधासहित बिदा दिने व्यवस्था गर्न उक्त रकमको माग गरिएको हो । शिक्षा तथा मानव स्रोत केन्द्रले अवकास पाउने शिक्षकको...
फागुन २०
काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ र ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति भण्डारीले आइतबार प्रमाणीकरण गर्नुभएको...
फागुन २०,
काठमाडौंँ- नेपाली सेनाले ताप्लेजुङ्को फुङ्लिङ नगरपालिका १० तारेभीरमा भएको एयर डाईनेष्टिकको हेलिकप्टर दुर्घटना हुँदा जोखिमपूर्ण अवस्थामा रहेर समाचार सङ्कलन गर्ने राससका उपसमाचारदाता नारायण ढुङ्गानासहित विभिन्न सञ्चारमाध्यामका छ पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ । महाशिवरात्री तथा सेना दिवसको अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उहाँहरूलाई प्रधानसेनापति प्रशंसा पदकबाट सम्मान गर्नुभएको हो ।...
फागुन २०,
काठमाडौँ - सरकारले कर प्रणालीमा सुधार र करको दायरा विस्तारका लागि आवश्यक प्रक्रिया शुरु गरेको छ । राजश्व नीतिनिर्माण तथा वित्तीय सुधार, करसम्बन्धी कानूनमा गर्नुपर्ने समयानुकूल परिवर्तन, करका दरको पुनरवलोकन, राजश्व प्रशासनको सङ्गठन संरचनालगायत विषयलाई समेट्ने तयारी गरिएको हो । राजश्व परामर्श समितिको बैठकमार्फत दश विषयगत समिति गठन गरी आवश्यक काम आरम्भ भएको अर्थ मन्त्रालयले जनाएको छ ।...
फागुन २०,
काठमाडौँ - नेपाल कृषि प्रधान देश भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु तीन अर्ब १२ करोड २३ लाख ३० हजार बराबरको पशुपक्षी उत्पादन तथा उत्पादन सामग्रीको भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार गाईगोरु, बाच्छाबाच्छी मात्रै रु ८० लाख २० हजार बराबरको आयात भएको जनाएको छ ।...




