अझै छानिएन नागढुंगा सुरुङमार्ग निर्माण कम्पनी

154

-नेपाल समाचारपत्र,
फागुन २१, काठमाडौँ । सडक विभागले नागढुंगामा प्रस्तावित सुरुङमार्ग बनाउने निर्माण कम्पनी अझै छान्न सकेको छैन । विभिन्न ६ वटा कम्पनी यसका लागि छनौट चरणमा परेको ४ महिना बितिसक्दा समेत अहिलेसम्म छनोट हुन नसकेको हो ।
विभागले यसअघि निर्माण कम्पनी छनोट प्रक्रिया सन् २०१९ को जनवरीसम्म सम्पन्न गर्ने लक्ष्य तोकेको थियो । सुरुङमार्ग निर्माणका लागि कार्तिकमा ६ कम्पनीको आवेदन परेको थियो । १ जापानी र ५ चिनियाँ कम्पनीले उक्त कार्यका लागि अन्तिम १ कम्पनी छनौट गर्ने चरणमा परेको थियो । विभागअन्तर्गतकै बैदेसिक महाशाखाले गएको २४ साउनमा ग्लोबल टेण्डर आह्वान गरेको थियो । त्यसताका विभागले ६० दिने सार्वजनिक सूचना जारी गरे पनि प्रस्ताव नपरेपछि १५ दिन समय थपेको थियो । सुरुङमार्ग निर्माण गर्ने बोलपत्र १५ नेपालीसहित ४२ कम्पनीले खरिद गरेका थिए ।