Home Blog Page 1735
फागुन २३ काठमाडौ -मुलुकको परिवर्तित संरचनाअनुसार सातै प्रदेशलाई रेखाङ्कन गरिएको नेपालको प्रशासनिक नक्सा आजदेखि प्रचलनमा ल्याइएको छ ।सङ्घीयता कायम हुन अगाडि तयार गरिएका नक्सामा व्यवस्था गरिएका अञ्चल र पाँच विकास क्षेत्रको रेखाङ्कन हटाइएको छ । नापी विभागले तयार गरेको नक्सामा लिपुलेक, कालापानीका साथै ठूला हिमाल, नदी, सडक तथा प्रमुख लोकमार्ग राखिएको छ ।गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा नामकरण...
फागुन २३, काठमाडौँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधाको व्यवस्था गर्ने घोषणा गरेका छन्। मन्त्री पण्डितले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीहरूलाई थप सुविधा हुने व्यवस्थासहितको संघीय निजामती सेवा ऐन संघीय संसदमा पेश गरिएको स्पष्ट पारेका छन्। उनले अहिले स्थानीय तहमा समायोजन भएर गएका निजामती कर्मचारीहरूलाई बढुवा भएर...
फागुन २३' काठमाडौँ  -नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने भएको छ । बैठकमा पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन समिति गठनलगायत समसामयिक विषयमा छलफल तथा निर्णय हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।यसअघि फागुन १४ गतेको बैठक बस्दै नबसि...
फागुन २३ काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले उक्त प्रस्ताव पेश गर्नुभएको थियो ।त्यसअघि सांसद देवप्रसाद गुरुङ मुलुकको समृद्धिका लागि सार्वजनिक निजी साझेदारीको आवश्यकता रहेका उल्लेख गर्दै मुलुक निर्माणका लागि निजी क्षेत्रको सहभागितामूलक र सहयोगात्मक भूमिका हुनुपर्ने...
विशेषगरी सहरी क्षेत्रमा वातावरणीय प्रदूषण छ । यसर्थ, धुलो–धुवाँसँग जुध्नु हाम्रो दैनिकी बनेको छ । यस्तो वातावरण प्रदूषणका बीच छालाको स्याहार गर्नु चुनौतीपूर्ण कार्य हो । छालाको चमक बचाइराख्न खाली मेकअप गरेर मात्र हुँदैन । दैनिक रूपमा स–साना कुरामा पनि ध्यान दिन आवश्यक हुन्छ ।- हरेक दिन बिहान उठेपछि फेसवासले अनुहार सफा गर्ने गरौँ । आफ्नो छालाको प्रकृतिअनुसार फेसवास...
फागुन २३, पोखरा -राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवद्र्धन गर्दै मानव हितका लागि धेरै काम गर्न सकिने बताउनुभएको छ । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्टको आज यहाँ उद्घाटन गर्दै सम्पदाको संरक्षणले देशको दिगो विकासका साथै भावी पुस्ताको भविष्य निर्माण र पुण्य आर्जन पनि हुने बताउनुभयो ।धर्मको...
फागुन २३ काठमाडौँ -एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ । जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिनुभयो ।प्रमुख मानन्धरका अनुसार जमीनमुनिको काम सकेसँगै देखिने गरी काम गरिन्छ । अहिलेकै गतिमा काम अघि...
फागुन २३, काठमाडौँ -सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन रोजेका कर्मचारीलाई समायोजनपत्र दिई सङ्घ, प्रदेश र स्थानीय तहमा खटाउन थालेको छ । अहिलेसम्म समायोजन रोजेका करीब ४८ हजारलाई पत्र दिई खटाउने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । “समायोजन रोजेकालाई पत्र दिई खटाउने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “समायोजनपत्र लिएका कर्मचारी ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार २१ दिनभित्र...
-बबि शाह उदारी हेर यो छातीमा तिम्रै छ माया तिम्रै नाम बुझ्न नै तिमीले सकिनौ भने बाँचेको मेलै भयो के काम ।भक्तका लागि ठुला हुन ईश्वर लोभिका लागि ठुलो हो धन मेरा लागि त तिमीनै सबथोक के काम सिता बिनाका राम ।आखाँको मेरो हो कि त दोष मनले देख्यो तिमिलाई सुन्दर भएको भए गल्ती र भूल गरि दिनु है मलाई क्षमा ।नहुदोँ रैछ, सोचको जस्तो नपाइने रैछ चाहेको कुरा अगाडी तिमी...
फागुन २३, भक्तपुर । भक्तपुरमा भएको दुई भिन्न–भिन्न घटनामा दुई जनाको मृत्यु भएको छ । महानगरिय प्रहरी परिसर भक्तपुर दिएको जानकारी अनुसार एकको मोटरसाइकल दुर्घटनामा र एक जनाको करेन्ट लागेर मृत्यु भएको हो । विहीबार मध्यपुरठिमी नगरपालिका वडा नम्बर २ मा पेप्सीकोलाबाट सानोठिमी तर्फ आउदै गरेको बा ७४ प ५५३ नं. को मोटरसाइकलले बिपरित दिशाबाट गईरहेको प्रदेश ३–०२–००२...