Home Blog Page 1734
नयाँ पत्रिका/अर्जुन अधिकारी फागुन २४, काठमाडौं । वीर अस्पतालमा सामान्य बेड निःशुल्क पाइन्छ । शिक्षण अस्पतालमा दुई सय ५० रुपैयाँ तिर्नुपर्छ । तर, बयोधा अस्पतालमा भर्ना हुनासाथ १५००, नर्भिकमा २०००, ग्रान्डीमा २०९० र मेडिसिटीमा ३२५० तिर्नुपर्छ । त्यस्तै, क्याबिन लिएमा वीर अस्पतालमा १००० र शिक्षण अस्पतालमा १४०० तिरे पुग्छ । तर, नर्भिकमा पुग्नासाथ ८०००, बयोधामा ८५००, मेडिसिटीमा १०००० र ग्रान्डीमा १०२८३ तिर्नुपर्छ । पैसा तिर्न...
अन्जना बिसुन्के,उषाका किरण विऊझिनु पहिले घरको काम गरि अनि हतार हतारमा डोको र नाम्लो लिएर झरि भिरपाखा नभनी दाउरा र घाँस काट्दै तिमी नारी चुएको घरको छानो अनि भत्किएको घर सजाउने , अरुको खुशीमा रमाउने,नारी तिमी आफुलाई बिर्सेरजन्म घर छोडी पुरै जीवन अर्कामा नाम समर्पित गर्ने हातको ठेला दुखाईको पीडा भुलाइ ओठमा हाँसो भर्दै, आसु र दुखको जुनी कटाउने ती नारीलाई के थाहा ? श्रीमान गुमाएका...
फागुन २३, काठमाडौं । थारु कल्याणकारिणी सभा केन्द्रिय समिति, थरुहट/थारुवान संयुक्त संघर्ष समिति एवम् केन्द्रीय संयोजन एवं परिचालन समितिले भोलि दिउँसो ३ बजे काठमाडौंको (माइतीघर मण्डलामा) लगायत थरुहट तराईका सम्पूर्ण जिल्लाहरुको सदरमुकाम तथा प्रमुख शहरहरुमा शान्तिपूर्ण विरोध एवं धर्ना गर्ने भएको छ ।निर्वाचित सांसद रेशम चौधरीलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसको विरुद्धमा शान्तिपूर्ण विरोध एवम धर्ना गर्ने उनीहरुको घोषणा...
फागुन २३, काठमाडौँ–प्राध्यापक डा।गोविन्द केसीले सरकारसामु ७ बुँदे माग अघि सारेमा छन् । डा केसीले आज विज्ञप्ति जारी गर्दै एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययनमा निजी मेडिकल कलेजले अर्बौँको कालोबजारी गरेको भन्दै उनीहरुमाथि तत्काल कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् ।विज्ञप्तीको पूर्ण पाठ  मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार...
फागुन २३, काठमाडौँ,काठमाडौँ महानगरपालिका–१८ स्थित मख्खनगल्लीमा आज दिउँसो आगलागी भएको छ  । मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । दिउँसो १२ः४५ बजे लागेको आगो स्थानीयवासीको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले दिउँसो ३ बजे निभाएको उहाँले जानकारी दिनुभयो ।आगो निभाउन विभिन्न क्षेत्रका चार दमकलको प्रयोग गरिएको...
फागुन २३ काठमाडौँ सानोमा सानो साईली बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा राहुल शाह साथै भाईव एण्ड ओइभ टिमको नित्य रहेको छ । भिडियो हेर्नुहोस्https://www.youtube.com/watch?v=MJgTki5pefkयस गितमा स्वर, शब्द र संगित समिर आचार्यको रहेको छ । निर्देशन तथा कोरियोग्राफी भने राह्ल शाहको रहेको छ भने निमार्ण मनोज बस्नेतले गरेका छन् । राहुल शाह र समिर आचार्य दुवै चरचित...
फागुन २३ काठमाडौँ -लामो समयपछि शेयर बजारमा उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको हो । नेप्से परिसूचक कूल १६ दशमलव शून्य एक बिन्दुले बढेर एक हजार १२७ दशमलव ७७ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४३ बिन्दुले बढेर २३९ दशमलव...
फागुन २३ श्रीनगर– भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते भएको भारतीय प्रहरीले जानकारी दिएको छ । जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो बम विस्फोट भएको थियो । जम्मु शहर भारत नियन्त्रित काश्मिरको शरदकालीन राजधानीको रुपमा रहेको छ । घाइतेहरुको सरकारी मेडिकल कलेज अस्पतालमा...
फागुन २३, काठमाडौँ -सर्वोच्च अदालतले राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलास साधारण तारेखमा रिहा गरेर अनुसन्धान गर्न आदेश दिएको छ । राउतलाई यसअघि जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष समेत रहेका राउतले मधेश टुक्र्याउनु पर्ने...
फागुन २३, शेनजेन – सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनीया कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै मुद्दा दायर गरेको छ । हुवावेले आफ्ना उपकरण मार्फत चीन सरकारका लागि जासुसी गरिरहेको आरोप लगाउँदै अमेरिकाले हुवावेका सामग्री खरिदमा प्रतिबन्ध लगाइरहेको छ । जासुसीको आरोप खेपिरहेको हुवावेका सामानमाथि अमेरिका सहित विश्वका धेरै देशमा...