कविताः नारी

अन्जना बिसुन्के,

उषाका किरण विऊझिनु पहिले घरको काम गरि
अनि हतार हतारमा डोको र नाम्लो लिएर झरि
भिरपाखा नभनी दाउरा र घाँस काट्दै तिमी नारी
चुएको घरको छानो अनि भत्किएको घर सजाउने ,
अरुको खुशीमा रमाउने,नारी तिमी आफुलाई बिर्सेर

जन्म घर छोडी पुरै जीवन अर्कामा नाम समर्पित गर्ने
हातको ठेला दुखाईको पीडा भुलाइ ओठमा हाँसो भर्दै,
आसु र दुखको जुनी कटाउने ती नारीलाई के थाहा ?
श्रीमान गुमाएका सेतो वस्र्तमा सजिएका बिधुवालाई सोध
खोलाको किनारमा गिट्टी कुटेर गुजरा गर्ने ती नारीलाई सोध,
नारी अधिकार ?

दाइजोको आरोपमा दिनहुुँ हिसाँमा परेका ती नारीलाई सोध ,
परिवार खाई गाउँबाट बोक्सी भन्दै लेखेटिएका ती अपहेलित नारीलाई सोध ,
आफ्नै घर परिवार सासूबाट हेप्पिने ती बुहारी
अनि तिनै बुहारीबाट निन्दाको नजरमा पर्ने सासुलाइ सोध
आखिर के हो नारी अधिकार ?

नारी दिवसको उत्सब मनाएको देख्दा, आममा तिमीलाई सम्झन्छु
अनि तिम्रो हातको ठेला सम्झिएर यो मन भकानिएर आउँछ
तिमी जस्तै आमा यहाँ जमातमा कैयौ गरिब दिन दुखी पिल्सिएका छन
मेरी आमा तिमीलाई नत फेसबुक चलाउन नै आउँछ
फेसबुकभरी नारी दिवसका शुभकामना र फोटा देख्दा यो
मन भक्कानिएर आउँछ !

देश देखि गाउँ हरेक ठाउँमा नारी हकअधिकार सुनिश्चित गर्दै
अब गाउँगाउँ,घर घरमा नारीभित्र अधिकारको ज्योति भर्दै
देश देखि विदेश र समाजमा शोषणको भुमरीमा पर्दै
किन ? बाँच्नु पर्छ नारीहरु आफैभित्र आफैं मर्दै !

नारी अधिकार छ भने कोखमा रहेको भ्रुणलाई नमारियोस ,
छोराछोरी बीच भेदभाव नगरियोस ,बाल विवाह मुक्त होस
आफ्नै घरपरिवारबाट सिकार नहोस , दाइजो प्रथाको अन्त्य होस,
ती बिधुवालाई दोस्रो बिबाहको अवसर मिल्नुपर्छ ,
गाउँबाट बोक्सी भन्दै लेखेटिएका ती अपहेलित नारीलाई बोक्सी जस्ता आरोपबाट मुक्त हुनुपर्छ !

अनि मात्र नारी हकअधिकार उत्सब लाग्छ
( संसार भरि नारी हकअधिकारको ज्ञान छर्दै )

सुर्यविनायक-०५ भक्तपुर