फागुन २६,
साँखु -प्रहरीले काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट रू एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ ।
बौद्धस्थित महानगरीय प्रहरीवृतले शनिबार विशेष सूचनाको आधारमा एक घरमा छापा मारी तेस्रो लिङ्गी रोशनी चौधरी, जुवा अखडा सञ्चालिका जीतु पाख्रिन, सरिता शेर्पा, पुनम थापा, छिरिङ तामाङ, सानु लामा, वीरेन्द्र थापा र वीरबहादुर तामाङलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले...
नयाँ पत्रिका, फागुन २६,
काठमाडौँ -काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा दैनिक दुई लाख सात हजार खर्च गर्दै आएको छ । आम्दानी भने दैनिक २५ हजार मात्रै हुने गरेको छ । फोहोर व्यवस्थापनको जिम्मा लिएका निजी क्षेत्रबाट महानगरले उक्त रकम लिन्छ ।महानगर क्षेत्रभित्र दैनिक तीन लाख ५० टन फोहोर उत्पादन हुन्छ । काठमाडौंको फोहोर सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन गरिँदै आएको छ । निजी क्षेत्रले सिसडोलमा फोहोर...
फागुन २६
काठमाडौँ -भाषा कुनै विशेष ज्ञान नभई एक–अर्कासँग प्रतिक्रिया जनाउने माध्यम हो । भाषासम्बन्धी ज्ञानलाई लिएर कसैको बौद्धिकताको मापन गर्न सकिँदैन । तर, विभिन्न भाषाको ज्ञान हुनु आजको आवश्यकता हो । काम, पढाइ, घुमफिर आदिको सिलसिलामा हामी अर्को देशमा जानुपर्ने हुन्छ । जसका लागि उक्त देशको भाषा वा कम्तीमा पनि अन्तर्राष्ट्रिय भाषा जान्न आवश्यक छ ।त्यसैले त आजभोलि हरेक ठाउँमा भाषा सिकाउने...
फागुन २६
विराटनगर -नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङले एक महिलाको हत्या गरेर शव सप्तकोसी नदीमा फालिदिएको रहस्य खुलेको छ । फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीया रमिला राईको हत्या गरी शव गायव बनाउन कोसी ब्यारेजको पुलबाट नदीमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न एमाले बेलबारीका पूर्वअध्यक्षसमेत रहेका गुरुङ तीन...
फागुन २६,
बेनी -पुर्व प्रधानामन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत बिच भएको राजनीतिक सहमति सकारात्मक भएको् प्रतिक्रिया दिएका छन् । नेपाल प्रेस युनियनले आइतबार बिहान बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले यस्तो धारणा व्यक्त गरेका हुन् । सिके राउत मूलधारको राजनीतिमा आउनु पनि सकारात्मक भएको बताएका छन् ।‘राष्ट्र विखण्डन बाहेकका...
फागुन २६,
काठमाडौँ -काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य वस्तु प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम गर्ने भएको छ । पछिल्लो समय सुर्तिजन्य वस्तुको प्रयोग बढिरहेकाले काठमाडौँका सार्वजनिक ठाउँमा सुर्ति र सुर्तिजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा एकै पटक नभई क्रमशः रोक लगाउँदै जाने कामपाको भनाइ छ । स्वस्थ शहर कार्यक्रम सञ्चालन गर्ने विश्वका ५० शहरमध्ये काठमाडौँ महानगर पनि एक हो । शहरमा...
फागुन २६,
धादिङ -धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो ।पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५...
नागरिक दैनिक/भुवन शर्मा
फागुन २६, काठमाडौं । सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिप्रति तराई÷मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र सत्ताघटक संघीय समावादी फोरम नेपालका नेता सशंकित देखिएका छन्। सहमतिबारे राजपाले उल्टै सरकारप्रति प्रश्न उठाएको छ भने फोरमका नेताले घुमाउरो किसिमबाट असन्तुष्टि व्यक्त गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीले राजपा र फोरमप्रति लक्षित गर्दै अब राउतलाई देखाएर मधेसमा रोटी...
नयाँ पत्रिका/दिवाकर पन्त
फागुन २६, काठमाडौं । नेपाल पर्वतारोहण संघ ‘एनएमए’का पूर्वअध्यक्ष पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका लागि १५ र १६ फागुन जीवनमै सबैभन्दा बढी तनावले भरिएका दिनका रूपमा रहे । एसियन ट्रेकिङका सञ्चालक उनको इ–मेलमा दुई दिनमा २६ वटा श्रद्धाञ्जलीकासहित ७ सय ५१ वटा इमेल आएछन् । एकैपटक धेरै इ–मेल आउँदा उनको इ–मेल नै ह्याङ भयो । ठमेल छाया सेन्टर सामुन्ने छ, उनको...
फागुन २६,
भद्रपुर । झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा रु चार करोड लगानी भइसकेको र थप रु आठ करोड लगानी गरिने पर्यटन उद्यमी एवं प्रालिका अध्यक्ष वीरबहादुर...




