देउबाले भने सरकार र सीके राउत बिचको भएको राजनीतिक सहमति सकारात्मक छ

145

फागुन २६,
बेनी -पुर्व प्रधानामन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत बिच भएको राजनीतिक सहमति सकारात्मक भएको् प्रतिक्रिया दिएका छन् । नेपाल प्रेस युनियनले आइतबार बिहान बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले यस्तो धारणा व्यक्त गरेका हुन् । सिके राउत मूलधारको राजनीतिमा आउनु पनि सकारात्मक भएको बताएका छन् ।

‘राष्ट्र विखण्डन बाहेकका विषयमा वार्ता, सहमति गर्नु राम्रो कुरा हो’, ‘सरकारको यो प्रयासलाई सकारात्मक मान्नुपर्छ भन्ने देउवाको बुझाई छ।’ देश टुक्राउने विषय भने कांग्रेस मान्य नहुने भन्दै देउबाले राउत र सरकारबीच भएको सम्झौतामा उल्लेखित ‘जनअभिमत’ भन्ने शब्दको विषयमा विस्तृत बुझेर मात्र प्रतिक्रिया दिने देउवाले बताएका छन् ।

पार्टि भित्र विरोध भएका कारण आफुले सोचे अनुसारको काम गर्न नपाएकोमा  दुख व्यक्त गरेका छन् । आफुले पार्टीभित्र सहमतिको नाममा धेरै कुर्दा पनि काम गर्न नपाएको र केन्द्रीय कमिटिको चुनाव लड्न वडा स्तरबाटै निर्वाचित हुनुपर्ने व्यवस्था गर्न खोज्दा बिरोध भएकोमा असन्तुष्टि जनाएका छन् ।