फागुन २६,
काठमाडौँ -गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताउनुभएको छ । सरकार र उक्त गठबन्धनबीच भएको राजनीतिक सहमतिबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जानकारी माग गरेपछि गृहमन्त्री थापाले त्यसबारे जवाफ दिनुभएको हो । उहाँले भन्नुभयो, “जुनसुकै कोणबाट उठाए पनि सरकारलाई राष्ट्रको सार्वभौमसत्ता...
फागुन २६,
काठमाडौँ ;प्रधानमन्त्री केपी शर्मा ओलीले अव मुलुकमा पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सिके राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सम्झौतामा आउनु ठूलो सफलता भएको बताए । सिके राउत मूल धारको राजनीतिमा आएसँगै मुलुकमा पृथकवादी आन्दोलन, समूह, संगठन केही पनि नरहेको उनले स्पष्ट पारे । राष्ट्रिय किसान आयोगले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सिके...
फागुन २६,
काठमाडौँ -विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी क्यानडा पाएको आयोजकले आज सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ जसमा...
फागुन २६
काठमाडौँ -कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउनेतर्फ सरकार गम्भीर रुपमा लागिपरेको छ । खाद्य सम्प्रभुता र किसानका अधिकारसम्बन्धी आजदेखि राजधानीमा शुरु भएको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा मुलुकका कार्यकारी प्रमुखबाट त्यस्तो अभिव्यक्ति आएको हो । कृषि र खाद्य सम्प्रभूताको वर्तमान चुनौती र समाधानका उपायबारे सम्बन्धित विषयका जानकारबीच अनुभव आदानप्रदानसहित खाद्य सम्प्रभूताको सुनिश्चितताका निम्ति अपनाउनु पर्ने रणनीति तयार पार्ने उद्देश्यले आयोजना...
फागुन २६,
रत्ननगर -विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिएनए र आरएनए परीक्षण गर्न सकिने भएको छ । अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए ९डेक्सिबेरोन्युलिकिक एसिड० र आरएनए ९रिबन्यूक्लिक एसिड० परीक्षण गर्ने ‘रियल टाइम पिसिआर मेशिन’ प्राप्त भएसँगै अस्पतालमा यससम्बन्धी परीक्षण गर्न सकिने भएको हो ।यो उपकरणबाट एचपिभी १६ र १८ ९ह्युमन प्यापिलोमा भाइरस० को सङ्क्रमणबाट हुने पाठेघर,...
फागुन २६,
लम्की -कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयले एक हजार २०० लागुऔषध प्रयोगकर्ता बालबालिकालाई पक्राउ गरेको छ । प्रहरीले पछिल्लो १० महीनामा उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ गरिएका बालबालिका १२ देखि १८ वर्ष समूहका छन् । पक्राउ गरिएका बालबालिकामध्ये नौ जनालाई सुधारगृहमा र बाँकीलाई अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । पुनः लागुऔषध प्रयोग...
फागुन २६,
काठमाडौँ-राष्ट्रिय जनता पार्टीले औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी गराएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता महेन्द्र राय यादवले संविधान संशोधन, कार्यकर्ता रिहा, झुटा मुद्दा फिर्ता, मधेश आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचार गर्र्नेलगायतका सहमतिमा सरकार चुकेको भन्दै समर्थन फिर्ता लिएको बताए ।सांसद महेन्द्र राय यादवले स्वतन्त्र मधेस गठबन्धनसंग सरकारले गरेको सम्झौता सकारात्मक भएपनि...
एजेन्सी, फागुन २६
लाहोर -पाकिस्तानका प्रधानमन्त्री इमरान खान इमानदार र असल नभएको बताउँदै लाहोरस्थित उच्च अदालतमा उनी पदका लागि अयोग्य भएको भन्दै मुद्दा परेको छ । उनले सन् २०१८ मा सम्पन्न चुनावमा मनोनयन दर्ता गराउँदा आफ्नो सन्तानका बारेमा ढाँटेको आरोप लगाइएको छ । पूर्वपत्नीका तर्फबाट जन्र्मिकी छोरीका बारेमा उनले सूचना लुकाएको दाबी गरिएको छ । उच्च अदालतले सोमवार यो विषयमा...
फागुन २६,
गोरखा -राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता सुरेन्द्रराज पाण्डेले विखण्डनको कुरा गर्ने राजनीतिक दल मूलधारमा आउनु सकारात्मक भएको बताउनुभएको छ ।नेपाल प्रेस युनियन गोरखा शाखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरामा जोड दिँदै संविधान बिरोधी कुरा गर्ने दल नै संविधानबमोजिम राजनीतिक क्रियाकलाप अपनाउँछु भन्नु सकारात्मक भएको उल्लेख गर्नुभयो ।सिके राउतसँग भएको सम्झौताको...
फागुन २६,
फिदिम -प्रतिलिटर ६० पैसामा खानेपानी खरीद गरेर जीविका चलाउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीयवासीले डिप बोरिङ गरेर जमीनबाट पानी निकालिएपछि ‘आनन्द’को अनुभूति गर्दैछन् ।रु ५१ करोड बजेट खर्च गरिएको यासोक क्षेत्र पम्पिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा खानेपानीको चरम अभावमा ‘काकाकुल’ थियो, कुम्मायक । यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर...


