Saturday, July 4, 2026
Home Blog Page 1724
फागुन २८, खस्यौली - बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई चार महीनाको रु आठ हजार बराबरको सुरक्षा भत्ता हस्तान्तरण गर्नुभयो ।घरमै सामाजिक...
फागुन २८ विराटनगर - विराटनगरको सहिद रंगशालामा मंगलबारबाट सुरु हुने पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी मुलुकका कप्तानले संयुक्त रूपमा ट्रफी सार्वजनिक गर्दै उपाधिमा दाबेदारी पनि प्रस्तुत गरे। च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्स सहभागी छन्। विराटनगरमा अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको...
फागुन २८, काठमाडौँ -बलात्कारपछि हत्या हुनेमा सबैभन्दा बढी दलित बालबालिका तथा युवतीको सङ्ख्या देखिएको छ । दलित महिला सङ्घले गरेको बलात्कारका घटनाको अध्ययनअनुसार गत वैशाखदेखि माघसम्म ७२९ घटनामध्ये १५४ घटनाहरु दलित समुदायका बालबालिका तथा युवतीमाथि भएका छन् । दलितमाथि हुने गरेका बलात्कारका घटनाको झण्डै ८० प्रतिशत बलात्कारपछि मारिएको छ ।सङ्घले १०९औँ अन्तर्रा्ष्ट्रिय नारी दिवस ९८ मार्च० को सन्दर्भमा यहाँ सोमबार...
फागुन २८,नयाँ पत्रिका, काठमाडौँ -विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालमा जनसंख्याको अनुपातमा चिकित्सकको संख्या अत्यन्त न्यून देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा १ हजार ४ सय चिकित्सक कार्यरत छन् । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माका अनुसार हालसम्म नेपालमा २३ हजार ५ सय चिकित्सक उत्पादन भएका छन् । तर, तीमध्ये थुप्रैको मृत्यु भइसकेको छ भने धेरैजसो रोजगारीका लागि विदेशमा छन् ।स्वास्थ्य...
फागुन २८, काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत उक्त सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको जनाएको छ । मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई कमजोर पार्ने...
बीबीसी, फागुन २७, काठमाडौँ - अफगानिस्तानको उग्रवादी संगठन तालिवानका पूर्व प्रमुख नेता मुल्ला ओमर लामो समय अमेरिकी सेनाको आधार नजिकै लुकेर बसेको दावी सार्वजनिक भएको छ । मुल्लाको जीवनमा आधारित एक नयाँ किताब ‘द सक्रेट लाइफ अफ मुल्ला उमर’मा यो कुरा उल्लेख गरिएको छ ।उता अमेरिकी एजेन्सीहरुले भने ओमरलाई लामो समयसम्म अफगान–पाकिस्तानी सिमामा रहेका विशाल गुफा संजालमा खोजिरहे । डच पत्रकार बेट्टी...
फागुन २७, काठमाडौँ - आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२६ विन्दुमा पुगेको छ ।कूल १७१ कम्पनीको १३ लाख ४७...
फागुन २७, स्याङ्जा -स्याङजाको चापाकोट नगरपालिका वडा नम्वर ९ का अध्यक्ष र सचिवको मिलेमतोमा कानुन विपरित दोस्रो विवाह दर्ता गरिदिएको विषय विभिन्न संचारमाध्यममा सार्वजनिक भएसँगै स्याङजामा चर्चाको विषय वनेको छ । वडाअध्यक्ष शंकरभक्त भण्डारी र वडा सचिव दशरथ भट्टराईको मिलेमतोमा पहिलो श्रीमती भएको जानकारी हुँदाहुदै गत माघ १३ गते दोस्रो विवाह दर्ता गरिदिएका थिए । स्थानिय केशव पंगेनी र पुतलीवजार...
फागुन २७, काठमाडौँ -पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि आफ्नो नाम दर्ज गराउने भएका छन् । सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रोपटक ९ह्याट्रिक० वल्र्ड रेकर्ड राख्ने तयारी गरेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । जिम्यास्टिक हुँदै पार्करसम्म आइपुगेका खेलाडी सुनारले यसअघि पार्कर खेलबाट दुईपटक...
फागुन २७, काठमाडौँ -प्रतिनिधिसभा, अर्थसमितिले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, निकाय, आयोग संस्थान, समितिका सार्वजनिक सम्पत्ति के कति छ ? यसको यकिन विवरण १५ दिनभित्र बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा आज बसेको बैठकले एकीकृत सार्वजनिक सम्पत्ति अभिलेखको कार्यलाई थप प्रभावकारी बनाउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ ।समितिको बैठकमा...